२९, पौष २०७५
रमण र उनको सुन्दर परिवार अमेरिका प्रबास भासिएको पनि ठ्याक्कै १६ लागेछ बर्षले। त्यतिबेला सम्म उमले मुश्किलले ४ पटक जति जन्मभुमि नेपाल जाने मौका जुर्यो उनलाइ। २ पटक एक्लै र २ पटक सपरिवार सहित। यो म्थाथम्याटिक्स औसतमा हरेक ४-४ बर्षमा उनले नेपाल भ्रमण गरेछन।
समग्रमा अमेरिका प्रबास एक खालको हिलो भने भयो। जहाँ खुट्टा गाडेपछि भासिन्छ मज्जाले। गोटा ३-४ वटै कारणहरु छन यसो हुनुमा चाहि। सुन्दर सपना, गुणस्तरिय जिवन, समुन्नति र सम्ब्रिदि सहितको जिवन र बच्चा एबम परिवारको भबिश्यका लागि नै प्रबास छिर्नुको मुल मक्सद हो भनेर भन्दा भयो।
अमेरिकि कानुन, यहाको बसाइ, खानपान, बातावरण, हावापानि, बस्ने स्थानको बन्दोबस्ति, श्रम तथा रोजगारिको सुनिश्चितता, बच्चाहरुको स्कुल एबम कलेज, यहाको जिउने कलासङ्ग ठक्कर खादाखादै मानिसको एक २-५ बर्ष त्यत्तिकै बित्दो रहेछ धेरैका। यत्ति मात्रै उल्लेख गरेर यसको पुर्ण फेरो समाप्त हुनै सक्दैन। भिजिटर भिषामा आएका, डिभि मार्फत ग्रिन कार्ड खल्तिमै बोकि आएका, अध्ययन एबम तालिमको सिलसिलामा आएका, परिवार वा आफन्तका डिपेन्डेन्ट भिषामा आएका र दलाल मार्फत महिनौ महिना लगाइ साध सिमानाबाट आएका नेपालिहरुको आआफ्नै रामकहानि छन। ग्रिन कार्ड बोकि आउने र परिवार एबम आफन्तको स्पोन्सरमा आउनेहरु बाहेक सबैले अमेरिकि अध्यागमनको कानुनि कागज बनाउने कठिन फलामे यात्रा तय गर्नै पर्दछ तर कसैले धेरै त कसैले थोरै। धेरैका इमिग्रेसनको कारुणीक पिडा उल्लेख गरि साध्यै छैन यो सानो लेखमा।
आफ्नो कानुनि कागज बनेर मात्रै ह्याप्पि हुदैन मानिस। उसले त्यसपछि आफ्ना बच्चा परिवार भित्र्याउछ सबैभन्दा पहिले। त्यसपछि आफ्ना आमाबाउ, सासुससुरा, दाज्जुभाइ, दिदिबहिनि र यो क्रम सम्पन्न हुन र यो क्रममा ग्रिन कार्ड, नेचुरलाइजेसन मार्फत प्राप्त हुने सिटिजनसिप नागरिकता लिने र सबै परिवारको कानुनि हैसियत बराबारि बनाउने क्रमकै लगभग अर्को १५ देखि २० बर्ष लाग्ने रहेछ।
यस क्रममा कडा परिश्रम गर्दछन। मतलब ५० घण्टा, ६० घन्टा,७० घन्टा, ८० वा कसैकसैले सो भन्दा माथि नै साप्ताहिक श्रमबाट आर्जेको सिड मनिले बास किन्छ, गाडी किन्दछ, क्रेडीट स्टाब्लिश गर्दछ, कहिलेकाहि घुमफिर गर्दछ मतलब अमेरिकि जिवनस्शैलिको क्रिम केहि हदसम्म लिन्छ भन्दा भयो।
यत्तिले मात्रै ह्याप्पि छैन मानिस ब्यबसाय, लगानि मार्फत आर्थिक स्वतन्त्रताका लागि सघर्ष गर्ने र सफलता प्राप्त गर्नेहरु पनि त्यत्तिकै छन अमेरिकामा। अलि अलि डलर छ, बस्ने बास छ, कुद्ने गाडी छ, काम गर्दछ र बेला मौका भ्याएका बेला भाइसाथि साथि सङ्गिनि भेटघाट यहि क्रम चलिरहेकै छ प्रबास अमेरिकामा।
यत्तिसम्म त भयो तर अर्को द्खि पाटो पनि त्यत्तिकै ज्वलन्त छ। १६ बर्षका बिचमा रमणले हजुरबुवा गुमाए तर नेपाल जानै पाएनन मतलब हजुरबुवाको मर्ने स्वास जाने बेलामा मुख समेत हेर्ने मौका मिलेन उनलाइ। हजुरबाउको स्वर्गे भएकै २ बर्ष बित्न नपाउदै हजुरआमा पनि बिदा भइन तर पनि रमण नेपाल जानै पाएनन।
उनको पिडा यत्तिकैमा सकिएन। गएको ५ बर्ष अघि आफ्ना बाबु पनि गुमाए। एक बहिनि यतै छिन अमेरिकामा उनको। आमा एक्लै छिन नेपालमा। २ पटक भैसकेछ उनले आमा अमेरिका ल्याएका तर बस्न मानिनन। मतलब आमा टिक्न सकिनन अमेरिकामा। घर किनिदिए आमालाइ काठमान्डौमा तर ठुलै घरमा एक्लै रुङ्गैछिन आमा। पिर, ताप र बिछोडिएको मनहरुले आमा सार्है नै दुब्लाएकि छिन उनको। कुनै पनि बेला आमाले प्रिथ्वि छोड्न सक्छिन। रमणका आफन्तहरु पनि कोहि अष्ट्रेलिया, कोहि युरोपतिरै छन।
प्रदेशिदै जादा आफन्त परिवार, नातागोता र पारिवारिक सम्बन्धहरु छिद्रछिद्र हुदैछन प्रदेशिनेहरुका धेरैका रमणका जस्तै। प्रदेशमा आर्थिक जिम्मेवारि, भबिश्य बनाउने सपनामा बिछिप्त हुदै गएको पारिवारिक तनाहरु एकाएक चुडिदै छन धेरैका। मनहरु फाटेका छन आमाबाउहरुका जसका छोराछिरि बिदेशिएका छन। लाउँ लाउँ र खाँउ खाँउका उमेरमा दुखका साथ हुर्काइएका छोराछोरिहरु बुढेसकालमा टाढिदै छन र पाल्ला, हेरचाह गर्ला बुढेसकालमा भन्ने मनहरु फाट्न थाले। माया, ममता, स्नेह मनि र डलरमा साट्न सकिदैन।
अमेरिकाबाट पठाइएका डलर, जिन्सि र उपहारहरुले ति मन फाटेका आमाबाबुहरुको टुटेका मनहरु टाल्न नसकिने रहेछ। रमण त प्रबासिएका नेपालिहरुको एउटा पात्र मात्र हुन। बिदेशिने अधिकाश नेपालिहरुको एउटा कारुणिक यथार्थ कथाको प्रतिनिधित्व मात्र गरेका हुन रमणले।
प्रकाशित मिति :पौष २९, २०७५ आइतवार -
१७:३२:५३ बजे