२९, पौष २०७५
कुनै पनि संस्था आफैमा खराव कहिल्यै हुदैन । अझै ५०१c मा दर्ता गरेको सामाजिक संस्था दाया बाया गरे कानुन लाग्छ।
संस्था स्थापनाको पबित्र लक्ष्य र उद्देश्य हुन्छ । खराव हुन्छौ त संचालन गर्ने हामी, हाम्रो सोच र ब्यबहार !
घर परिबार छाडि समय, तन, मन र धन खर्च गरेर समाजसेवी बन्नु आफैमा निकै चुनौतीपूर्ण कार्य हो । कौयौ पटक त हामी सत्य र तथ्य नबुझि अनुमानको भरमा त्यसै आरोप लगाउछौ ।
यिनै भ्रम र आरोपहरू चिर्न NRN केन्द्रिय कमिटी लाई सदस्यहरूको तर्फबाट केहि खुला प्रस्नहरू :
1. Newyork मा credit union Nrn ले खोल्ने भन्ने केन्द्रिय समितीले कहिले निर्णय गर्यो ? public shares कहिले खोलियो ?
2. राजनैतिक अधिकार बिनाको दोहोरो नागरिकता भनि संबिधानमा लेखि सके पछि अब फेरि किन के का लडाई ? दोहोरो नागरिकता प्राप्ती पछि NRN कार्डको औचित्य के ?
3. बिभिन्न राज्यमा नेपाली भाषामा Driving license सुबिधा प्राप्त पछि कतिले यसको प्रयोग गरे ? यसको ब्यबहारिक वा फाइदाजनक कति भयो ?
4. मन्दिर र सामुदायिक भवन निर्माण Nrn को नेतृत्वमा कुनै राज्यमा निर्माण भयो ? कि सहयोगी भुमिका मात्र रयो ? समुदायमा मन्दिर वढि उपयोगी कि सामुदायिक भवन ?
5. Help Desk प्रचार प्रसार मात्र रयो कि ब्यबहारिक उपलब्धी पनि ? कतिले फोनबाट सम्पर्क र सहयोग मागे ? कतिले के के सहयोग पाए ?
6. चुनाबमा प्रसार प्रसारमा जादा आफैले मतदाताहरू समक्ष गरेका बाचाहरू कति पुरा भए ? मुल्यांकन र समिक्षा भयो ? Nrn articles vs candidate personal commitment को महत्व के ?
7. बिगतमा भन्दा सदस्यताको लहर र संख्यामा बृद्दि । स्वइच्छाले, राजनितीले, हार्ड डाइभले, पद लोलुपताले ? मुल्यांकन र समि़क्षा ?
8. हरेक बर्ष अड्डा अदालत धाउने प्रबृती र पम्परा कायम किन ? दोष कसको ? रोक्ने कसरि ? सत्य तथ्य सार्बजनिक खै ?
9. जंग्गु केन्द्रिय समिती र पदहरू बाडफाड: क्षेत्रिय सभापति, डाइरेक्टर, ...स्टेट ब्रान्चहरूको काम, कर्तब्य र स्पष्ट उतरदादित्व, उपलब्धी र पूनर्मुल्याकन ?
10. संस्था भित्र घुसेको नेपाली राजनिती र 501c संस्था दर्ता, लक्ष्य र उद्देश्यको प्राप्ती र मुल्याकंन ?
11. सदस्यहरूले प्राप्त गरेका सुबिधा र अबसर -आर्थिक,सामाजिक, शिक्षा, स्बास्थ्य ...पूर्नमुल्याकंन !
12. ICC मा आपसि लडाई झगडा र बिश्व हसाई । अमेरिकाले नेतृत्व लिन नसक्नुको कारण ?
13. बर्तमान कार्य समिती NCC/ICC ले गरेका प्रमुख पांच कार्य बुदागत रूपमा भन्दा के के भन्न चाहनु हुन्छ ?
यी माथीका प्रश्नहरू बारे केहि झर्को नमानी केन्द्रिय समितीले उत्तर दिने कष्ट गरेमा सदस्यहरूमा छाएको अन्यौलता चिरेर सदस्यता बढ्ने र आगामी समिती लाई समेत मद्दत मिल्ने थियो कि ?
-अमेरिका
प्रकाशित मिति :पौष २९, २०७५ आइतवार -
१७:३९:३२ बजे