Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

आचार-संहिताहरुको अधिनमा रही पुलिसिङ्गको काम गर्न तयार छु -सैलेश श्रेष्ठ

आचार-संहिताहरुको अधिनमा रही पुलिसिङ्गको काम गर्न तयार छु -सैलेश श्रेष्ठ

सतीश चापागाईं

२९, पौष २०७५
images
एनआरएनकै बारेमा अनवरत ब्लग लेख्दालेख्दै अनि सम्प्रेषणमा यही बिषयलाई समेटेर अन्तरक्रियात्मक बहस गर्दागर्दै मैले यो आ-मरिखामा नजानिदो गरि एकजना शिकारु संचारकर्मीको सानो परिचय बनाएँ । म हिजोआज बारम्बार लेख्ने गर्दछु मैले आफ्नो अमुल्य जीवनलाई प्रयोगशाला बनाएँ आफु माथि हरेक खाले प्रयोगहरु गरें । के बनिन अनि के भईन र म यो एकबारको जुनीमा? तर जीवनको यो कालखण्डमा आएर संचारको नशाले मात्तिएको मात्र होइन यही नशामा रत्तिएको पनि छु । "यि एनारानेहरुसंग केही पार लाग्दैन" भनेर सारा दुनिया हार्दा पनि म सुध्दिकरणको मोर्चाबाट एक डेग हटेको छैन र हट्ने पनि छैन किनकी यसमा मेरो निजि स्वार्थ केही छैन । मेरा ब्लगहरुमा मैले बारम्बार भन्ने गरेको छु एनआरएनलाई स-शक्त बनाउन सकियो भने बाँकी झिना मसिना स्वार्थमा अल्झिएका भुरेटाकुरे संगठनहरु आपसेआप सकिन्छन । यो हाम्रो अनि हामी सबैको बन्न सक्ने एनआरएन आमेरिकालाई "आदा" मुक्त बनाउने नयाँ अठोटका साथ हामी थप एक्यबध्द हुँदैछौं भने लागेको र देखेको कुरा बोल्ने मानिसहरुको संख्या बढ्दो छ त्यसो हुनुभनेको आधुनिक दासतामा रमाएका परजीवीहरुको दिन सकिनु हो भन्ने मेरो निजि विश्लेषण छ । आज म आफ्नो गृह राज्यमा आफ्नै काममा व्यस्त थिएँ तथापी मेरो मन न्युयोर्कमा सम्पन्न भएको एनआरएन आमेरिकाको "फिजिकल मिटिंग"(?) मा थियो । दिनभरी बाहिरबाट यही मिटिंगको लागि भनेर आउनु भएका भाई-बन्धुहरुको फोन र टेक्स्टहरु आईरह्यो । न्युयोर्क आएको बेला यसो चिया पिउँदै गफ गर्न पाए हुन्थ्यो भन्ने शुभेच्छाहरुले म दिनभर थिचिएं । भोली दिनको ४:३० बजे हाम्रो संचारकर्मीहरुको संगठन नेजाले समुदाय र संचार बिच अन्तर-सम्बादको आयोजना गर्दैछ त्यसका लागि आउन बिदा मिलाएको छु । यदि बाहिरबाट आउनु भएका पाहुना भाई-बन्धुहरु भोली साँझसम्म न्युयोर्कमा रहनु हुन्छ भने म दिउँसै त्यहाँ आईपुग्नेछु अनि यसो चिया-कफी पिउँदै बिषयगत भलाकुसारी गरौंला कृपया मलाई फोन या खबर गर्नु होला है! मलाई पनि अन्य राज्यबाट आउनु भएका च्याप्टरका जिम्मेदार अध्यक्षज्युहरुसंग असाध्य भेट्न मन लागेको छ । र, अन्तमा: एनआरएन आमेरिकाको आगामी निर्वाचनलाई स्वतन्त्र, निस्पक्ष र विवादरहित बनाउने अभिष्टका साथ गठन गरिएको थर्डपार्टी भेरिफिकेशनलाई समन्वय गर्ने कमिटीलाई आवश्यक सल्लाह अनि सुझाब दिन बनाईएको सुपरिवेक्षण कमिटीको सदस्यमा मलाई पनि मनोनित गर्नु भएकोमा मलाई भरोसा अनि बिश्वास गर्नु हुने कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई हार्दिक आभार व्यक्त पनि गर्न चाहन्छु । सन २०१५-१७ को निर्वाचनमा पनि मैले पर्यबेक्षकको अपजसे जिमेवारी लिएर प्रतिबेदन बुझाएको थिएँ । संचार मार्फत निगरानी र पहरेदारी मात्र होइन बिधि-बिधान, राज्यको मौजुदा कानुन अनि प्रचलित आचार-संहिताहरुले निर्देश गरेका मानक र दिशानिर्देशहरुको अधिनमा रही पुलिसिङ्ग (प्रहरी) को काम गर्न पनि निर्भयताका साथ तयार रहेको व्यहोरा पनि फेसबुक मार्फत सार्वजनिक गर्न चाहन्छु । जय एनआरएनए! न्युयोर्क अमेरिका (सैलेश श्रेष्ठको फेसबुकबाट)

images
प्रकाशित मिति :पौष २९, २०७५ आइतवार - २१:०२:४१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend