Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बाल्टिमोर “बाना” र चुनाब प्रसंग -महेश भट्टराई

बाल्टिमोर “बाना” र चुनाब प्रसंग -महेश भट्टराई

सतीश चापागाईं

५, माघ २०७५
images
समाजसेबा आफैमा चुनैतिपूर्ण कार्य हो । जब जब चुनाब आउछ एकातिर समाजका मै हूँ भन्ने केहि मानिसहरू जुर्मुराउन थाल्छन भने अर्को तिर प्रबासी मंन्च(एमाले) र जन संम्पर्क (कांग्रेस) मित्रहरू गोप्य बैठक र फोन बाट ठाडो आदेश “हूईप” हरू पठाउन शुरू गर्छन । अर्कोतिर जातभात, टोल, जिल्ला, क्षेत्र, राजनिती, अलपत्रकारहरू अध्य़्क्ष्य भै टोपली बसेका संघसंस्थाका आफैलाई टाकुरे राजा ठान्ने आषन, भाषण र ताली नपाए अर्को चोटी मिटिडमा फर्कि आउदैनन । रमाइलो कुरा त बेला बखत २/४ सांडेहरूको मिलन भयो भन्ने समाचार समेत आउछ । तर बाल्टीबासीहरूको मिलन भएको वा एकता बनाउने खवर कहिल्यै आउदैन । हरेक मिटिडमा आसन भाषणमा अब्यस्त भएका यीनै २०-३० जना समाजसेबी कहलिएका ठालुहरू र १५-२० जना कांग्रेस र एमाले भनेर चिनिने मित्रहरू भित्र भित्र कमिटी गठनको खेल शुरू गर्छन। यीनै कैचि काट्ने, जोड्ने र आदेश दिनेहरू बाटै यो कमिटी गठन हुन्छ र चुनाबको हारजित तय हुन्छ । हनुमान जि हरू बुरूक्क बुरूक्क उफ्रन्छन र मैदानमा जान्छन । फनफनि टुप्पिमा समाएर रिगाउदा समेत एैया भन्दैनन ।समिती र सदस्यहरू बुझेर नबुझेर जिवनभर नाचि रहन्छन । यो खेल राम्ररी बुझेरै होला करिब बिस हजार बाल्टिमोर बासी नेपाली मध्ये एक हजार सदस्य संख्या सम्म पुग्दैन। अनि जो सुकैले जिते पनि पुरानो बाना, हाम्रो बाना, राम्रो बाना हुनै सक्दैन ।सबैको सहयोग र एकता बिना न त उद्देश्य पुरा हुन्छ न त कार्यक्रमहरू नै प्रभाबकारी हुन सक्छ । मेरो तुच्छ बिचारमा हरेक समुदायले “गाई गोठ र जंगल” को साटो आफ्नो आगन छाडेर थोरै गाऊ तिर जाने हो भने तेति नै लगानिमा ३०-४० एकड जमिनमा मन्दिर, सामुदायिक भवन, चिलड्रेन पार्क, पार्टि हल, टाउन हाउस, सिंगल हाउस पुरा “नेपाली कम्युनिटी” वा “नेपाली कम्प्लेक्स” नै बनाउन सकिन्थ्यो, छ र दिर्घकालिन योजना बनाउनु पर्छ । प्राय: धेरै जसो सामाजिक संघसस्थाहरूको गठन यस्तै प्रक्रिया भएर होला धेरै जसो बुद्दिजीबी र जनसमुदाय अलग्गै रहन चाहन्छन । मेरो बिचारमा सबै समुदायका संघ संस्थाहरूले चुनाबी सदस्यहरू बढाउने रडाको मच्चाएर १००-२०० भोटर थपेर जित्नु भन्दा समुदायको मन जित्ने कार्यक्रमहरू गरि सबैलाई आकर्षण गर्न जरूरि छ ! “रोप्ने पिडालु खोज्ने आलु” ? जय बाना !

images
प्रकाशित मिति :माघ ५, २०७५ शनिवार - १७:०३:२९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend