Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

भ्यालेन्टाइन दे कै दिन बिहे गर्दै नायिका वर्षा राउत

भ्यालेन्टाइन दे कै दिन बिहे गर्दै नायिका वर्षा राउत

सतीश चापागाईं

८, माघ २०७५
images
  काठमाडौं । अहिलेकी चर्चित नायिका वर्षा राउतले आफ्नो लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने भएकी छन् । लामो समयदेखि अभिनेता संजोग कोइरालासँग प्रेम सम्बन्धमा रहेकी अभिनेत्री राउतले आउँदो भ्यालेन्टाइन डेको दिन लगनगाँठो कस्ने भएकी छन् । उनीहरुले सोमबार फेसबुकमार्फत विवाहको मिति घोषणा गरेका छन् । वर्षा र संजोगले आउँदो फागुन २ गते भ्यालेनटाइन डे (प्रणय दिवस) का आफ्नो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा बदल्ने भएका हुन् । उनीहरुले आफ्नो आधिकारिक फेसबुकमा डिजाइन गरिएको एक कार्डमार्फत् विवाहको जानकारी र मिति घोषणा गरेका छन् । लेखेका छन्, ‘योभन्दा हामीलाई अत्यन्त खुशी महसुस भइरहेको छ कि हामी जीवनकालसम्मको यात्रा शुरुवात गर्न गइरहेका छौं ।’ ‘नाइँ नभन्नू ल ४’ बाट नेपाली सिने जगतमा डेब्यू मारेकी वर्षा पछिल्लो समय चलेकी नायिकामा गनिन्छिन् । उनको नयाँ चलचित्र ‘गोपी’ आउँदो माघ १८ गते रिलिज हुँदैछ भने हाल ‘चौका दाउ’ ‘दाल भात तरकारी’, प्रदर्शनको तयारीमा छन्। संजाेग पनि नेपाली चलचित्र क्षेत्रमै काम गरिरहेका छन् । उनले ‘छक्का पञ्जा ३’, ‘बाजीगर’, ‘कथा काठमाडौं’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

images
प्रकाशित मिति :माघ ८, २०७५ मंगलवार - ११:३५:३६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend