Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

द एक्स ब्याण्डको बाल्टिमोरमा भब्य कन्सर्ट गर्ने तयारी

द एक्स ब्याण्डको बाल्टिमोरमा भब्य कन्सर्ट गर्ने तयारी

सतीश चापागाईं

२२, श्रावण २०७५
images
अमेरिकाको बाल्टिमोरमा द एक्स ब्याण्डको लाइभ प्रस्तुति हुने भएको छ । एक्स ब्याण्ड बाल्टिमोर आउने जानकारी पाएपछि यहाँका नेपाली दर्शक स्रोताहरुमा व्यापक खुशी छाएको छ । आयोजकहरुले कन्सर्टको सम्पूर्ण तयारी सकिएको बताएका छन् । अहिले टिकट धमाधम बिक्री भईरहेको राम कुँवरले बताए । "बिशेषगरी युवादर्शकहरुले धेरै सम्पर्क गर्नु भएको छ" आयोजक अर्का युवा राकेश श्रेष्ठले बताए । 'लुक्न देउ मलाई तिम्रो केशमा..', 'एउटा चिठीको साहरामा...' र 'ठाडो जाने उकाली' जस्ता चर्चित गीतहरु बजारमा ल्याएको यो ब्याण्ड नेपालका नाम चलेका ब्याण्डहरुमध्येको एक हो । बाल्टिमोरको कार्यक्रममा ब्यान्डका तिनै जना कलाकार आउने भएका छन् । जसमा भोकलिष्ट शिब मुखिया, गितारिष्ट सजल राजभण्डारी, र ड्रमर सुरेन्द्र श्रेष्ठ रहेका छन् । उनीहरुले बाल्टिमोरका नेपाली दर्शक स्रोता संगै लाइभ गीतहरु प्रस्तुत गर्ने छन् । बाल्टिमोरमा सोहि दिनदेखि 'भेनिटी रुम अफ क्लब बाल्टिमोर' बार एण्ड क्लब शुरुवात हुनेछ ।यसका संचालकहरुमा राम कुँवर, राकेश श्रेष्ठ र सनोड कुँवर रहेका छन् । द एक्स ब्याण्ड अहिलेसम्म अमेरिकाको टेक्सासका डालस, अष्टिन, र आर्भिनमा आफ्नो प्रस्तुति भव्यताका सम्पन्न गरिसकेको छ भने यही हप्ता बोष्टन र ह्यारिसबर्गमा आफ्नो प्रस्तुति गर्नेछ ।

images
प्रकाशित मिति :श्रावण २२, २०७५ मंगलवार - १९:१५:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend