Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

आउनुहोस एनआरएनमा सदस्य बनौं, कुशल नेतृत्व खोजौं -महेश मल्ल

आउनुहोस एनआरएनमा सदस्य बनौं, कुशल नेतृत्व खोजौं -महेश मल्ल

सतीश चापागाईं

२१, माघ २०७५
images
हामी आफ्नो मातृभूमिबाट बिबिध कारणले बाहिर रहे पनि हाम्रो मन नेपालमै छ । हामी बिदेशमा बस्ने सबै एन आर एन हौं । त्यो भन्दा ठुलो कुरा हामी सबै नेपाली हौं । हामीहरु सबै प्राय जसो कुनै न कुनै संघ संस्थासँग आबद्ध छौं । हामी सबै संघसंस्थालाई उतिकै सम्मान पनि गर्छौं र तिनका हिस्सा पनि अवस्य हौं । फेरि पनि राजनैतिक, जातिय, धार्मिक, क्षेत्रीय संघसंस्थाको छाता संगठन भनेको एन आर एन नै हो । नेपालको लोकतन्त्र प्राप्तिमा एनआरएनका तमाम साथीहरुको उल्लेख्य योगदान र मातृभूमिप्रतिको माया र बफादारीकै परिणाम स्वरुप नेपालको संबिधानले एनआरएनको हक अधिकारहरु सुरक्षित गरेको छ । संबिधानमा उल्लेखित उपल्ब्धिलाई परिणाममुखि बनाउँदै लैजान पनि स्वयम् एनआरएनको भूमिका अपरिहार्य छ । आज अमेरिकामा तीन लाखको हाराहारीमा नेपाली रहेको अनुमान गरिन्छ । तर हामी सबै संगठित भैसकेका छैनौं । आज हामी सबै एउटै संस्थाभित्र बसेर नेपालमा र बिदेशविच पूलको रुपमा समेत कार्य गर्नुपरेको छ । देश बाहिर रहेर पनि मातृभुमिप्रति निरन्तर सहयोग र सद्भाव त छँदैछ नेपाल देश अफ्ठ्यारो परिस्थितिबाट गुज्रेको बेला बिदेशमा बस्ने आम नेपालीले सामुहिक सहयोग तथा पक्षमा उभिएको इतिहास साक्षी छ । अझै सँगठित रुपमा हाम्रो सहयोग नेपाललाई दिन र अमेरिकामा पनि आम नेपालीहरुको ईमिग्रेशनका समस्यादेखि समग्र बृत्तिबिकासका कार्यमा समेत संगठित भूमिकाको आबश्यक हुने भएकोले एन आर एनलाई सक्रिय र बलियो बनाई सो मार्फत आफ्नो पहिचान मजबुद गर्दै अगाडि बढनुको बिकल्प छैन । यसका लागि नेपाली समाजको हरेक सदस्य यस बैधानिक छाता संगठनभित्र आबद्ध हुन आवश्यक हुन्छ । हो बिगतमा नेतृत्वहरुबाट गल्ति कमिकमजोरीहरु प्रशस्तै भएकै छन । तर नेतृत्वले बाटो बिरायो भन्दैमा तपाईं हामी हाम्रो प्यारो संस्थालाई माया गर्न पटक्कै छोडदैनौं । नेतृत्व आउँछ जान्छ, संस्था दिगो हुन्छ । बरु आउँनोस सक्षम, प्रतिभावान र परिणाममा बिश्वास गर्ने, प्रश्ट बिचार दिन सक्ने कुशल नेतृत्व निर्माण पनि आँफै गरौं र संस्थालाई उदेश्य मुलक बनाउँदै लैजाऔं । यसका लागि पनि तपाईं हाम्रो हस्तक्षेपकारी भूमिकाको झनै महत्व हुन्छ । त्यसैकारण पनि संस्थालाई तपाईंको उपस्थिति र भूमिका अपरिहार्य छ । सदस्यता लिने अन्तिम दिन यही फेब्रुअरी १५ सम्म मात्र रहेकोले अब पनि सदस्यता लिन बिलम्ब नगरौं भन्दै अमेरिका बासी आम नेपाली दिदिबैनी दाजुभाइलाई समयमै एन आर एन ए अमेरिकाको सदस्य बनिदिनु हुन हार्दिक अनुरोध गर्दछु । जय एनआर एन ! जय नेपाल !!! (मल्ल अघिल्लो निर्वाचनमा महासचिव पदका उमेद्वार थिए ।)

images
प्रकाशित मिति :माघ २१, २०७५ सोमवार - १९:१८:१९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend