Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

म यसकारण यो पटक एनआरएन अमेरिकाको सदस्यता लिन्न -सच्चि मैनाली

म यसकारण यो पटक एनआरएन अमेरिकाको सदस्यता लिन्न -सच्चि मैनाली

सतीश चापागाईं

२५, माघ २०७५
images
  मैले यो संस्थाको सदस्यता तबसम्म लिंदिन जबसम्म सच्च्याउनुपर्ने कुराहरू सच्च्याईंदैन । संस्था हाम्रो हो । बनाउने हामीले नै हो तर संस्था बनाउने सदस्य बनेर मात्रै होईन । भएका कमीकमजोरीहरूलाई सच्च्याउन सदस्य नबनेरै दवाव दिएरै भएपनि सच्च्याउनु पर्ने कमजोरी सच्च्याउन लगाएर पनि संस्थाको निम्ति योगदान गर्न सकिन्छ । संस्थाको जिम्मेवार सदस्य त्यो हो जसले संस्थाको गल्ती कमजोरीहरुलाई सच्याउने जिम्मेवारी लिन्छ न कि कसैको स्वार्थपूर्तिका लागि भोटर मात्र बनिदिन्छ । हामीलाई संस्थाको जिम्मेवार सदस्यको खाँचो छ नकि कसैको ब्यक्तिगत फाइदाको लागि भोटरको । त्यसैले मैले यो बाटो रोजें । सधैं गल्ति कमजोरीलाई नसच्च्याईकन अब पनि भैगोनी बिस्तारै हुन्छ, हुँदैछनि, उ छ नि, म छु नि भनेको भरमा समाजमा २/४ जनाले भनेको कुरा काटन नसकेकोले वा फलानाले सहयोग गरेन भन्छन् त्यसैले गरूनत , बनिदिउन त सदस्य भनेर अब पनि यसलाई निरन्तरता दिने हो भने नेतृत्वले आम मानिसका बिचार र मतलाई सधैं यसैगरी लत्याईनैरहन्छन् । जसले जसरी बुझ्छन् उनलाई त्यसरीनै बुझाउनुपर्छ । उनीहरूले नबुझेका होईनन् । कोहि IT का बिज्ञ, कोहि ब्यबसायी, कोहि वकिल के के हो ? के के ? तैपनि गृह कार्य किन भएन ? केहि महिना मात्रै अमेरिका बसेकोले पनि बुझ्ने कुरा सामान्य कुरा यत्रा बिज्ञले बुझेनन् भनेर कसरी पत्याउने ? ब्यक्तिहरू माथि बिश्वास नभएको पटक्कै होईन तर कुरा ब्यक्तिको होईन । शासन बिधिको हुनुपर्छ ब्यक्तिको होईन । A bad system will beat a good person every time। - W। Edwards Deming त्यसैले, त्यस्ता कुराहरूलाई सुधार्न दवाव दिने बेला यहि हो र हामीले सच्च्याउन दवाव दिनैपर्छ । चुनाव सरे पनि , सदस्यता बन्ने मिति सरेपनि आकाश झर्दैन तर सच्च्याउनुपर्ने ठाउँहरूमा सच्चिएरै जानुपर्छ । बिकल्प खोजिनै पर्छ र बिकल्प छन् पनि । अमेरिकामा सर्वत्र मान्य हुने Notarized document NRN मा मान्य नहुने किन ? यो अमेरिका हो । यहॉ कागज बोल्छ । Identity theft को कारण भोली तपॉईंलाई समस्या पर्दा को हुन्छ साथमा ? त्यसैले मैले यसरी संस्थालाई योगदान गर्ने सोचें । मेरो संस्थालाई सुधार्न मैले चॉहिं यो बाटो रोजें । (सच्चि अमेरिकामा सक्रिय संचारकर्मी हुन् । उनले समसामयिक बिषयमा बिभिन्न मिडियामा छलफल चलाउने गर्छिन ।-सम्पादक |)

images
प्रकाशित मिति :माघ २५, २०७५ शुक्रवार - ११:४२:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend