Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

अन्तर्राष्ट्रिय नेपाली समुदाय युएई द्वारा प्रथम INC अनुभवी फूटबल प्रतियोगिता गरिदै

अन्तर्राष्ट्रिय नेपाली समुदाय युएई द्वारा प्रथम INC अनुभवी फूटबल प्रतियोगिता गरिदै

सतीश चापागाईं

२७, माघ २०७५
images
श्याम कृष्ण /दुबई झन्डै ४ बर्ष अघि देखि युएईमा सामाजिक कार्यहरुमा सक्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली समुदाय राष्ट्रिय समन्वय परिषद, युएई शाखाले आगामी १५ फेब्रुवरी २०१९ का दिन, दुवईको सफा पार्क खेल मैदानमा, पहिलो पटक INC भेटेरन फूटबल प्रतियोगीता आयोजना गर्ने भएको छ | यसै बर्षको आदीबासी जनजाती तथा सम्पूर्ण बौद्ध धर्मावलम्बीहरुको नयाँ बर्ष एवं फरक फरक महत्व बोकेको ल्होसार चाडहरुको पावन अवसर पारेर, उमेरले पैतिस वा सो भन्दा माथिका अनुभवी खेलाडीहरु बीच प्रतिस्पर्धा गराइने उक्त खेल, युएईको सार्वजनिक बिदाको दिनमा आयोजना गरिएको छ | प्रतियोगितामा करिब दुइ दर्जन टिमहरुको सहभागिता रहने जानकारी आयोजक संस्थाका खेलकूद बिभाग प्रमुख निवज तामांङले बताउनु भयो | युएईमा नेपालीहरु द्वारा स्थापित सामाजिक संस्थाहरु द्वारा आयोजित हुने विभिन्न खेलहरु मध्य यस्तो पृथक तरिकाले उमेर समुह छुट्ट्याएर प्रथम पटक फूटबल प्रतियोगिता गर्न लागिएको र यसले बढ्दो उमेरका पछिल्ला अनुभवी प्रौढ खेलाडीहरुको खेलप्रतिको इच्छालाई समेत संबोधन गर्दै स्वस्थ रहन प्रेरित गर्दै प्रतियोगिताको नारा STAY FIT & HEALTHY समेत राखिएको जानकारी संस्थाका अध्यक्ष मुन गुरुङले दिनु भयो | आयोजक टिमका खेलाडी सदस्य प्रकाश लामाले प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ने.रु : ७७ हजार ५ शय , दोस्रोलाई ने.रु: ४६ हजार ५ शय, साथमा मेडल , ट्रफी र प्रमाणपत्र द्वारा सम्मान गरिने बताउनु भयो | प्रतियोगिताको लाभांश रकम संस्थाको आपतकालीन कोषमा जम्मा गरि सामाजिक कार्यमै खर्चिने योजना रहेको जानकारी दिदै संस्थाका कोषाध्यक्ष कृष्ण रायमाझीले भन्नु भयो , “ पछिल्लो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीले युएईमा आयोजित ओ.डी.आई र टी-२०,खेलको दुवै ओटा उपाधि चुमे संगै युएईमा नेपालीहरुको खेलकूद कार्यक्रम प्रतिको प्रोत्सहान चुलिएको महसुश गर्न सकिन्छ |” सन् २०१५ देखि नेपाली समुदाय युएईको नाममा विविध परोपकारी कार्यक्रमहरुमा सक्रिय रहेको संस्था गत साल डिसेम्बरमा बिस्तारित हुदै अन्तर्राष्ट्रिय नेपाली समुदायको रुपमा रुपान्तरण भएको घोषणा गरिएको थियो | खेलकूद प्रतियोगितालाई युएईका नेपाली व्यवसायिक कम्पनीहरु, स्लेंडर लेडिज सलून, ब्राइटर टुरिज्म एल.एल.सी, सिटी लाइफ ट्राभेल, एभरेष्ट रेस्टुरेन्ट एण्ड क्याटरिङ सर्भिसेस सेफ जोन , अल बराह मिनी मार्ट, एभेरेस्ट मार्सल आर्ट , नेपाली चुलो रेस्टुरेन्ट आदिले प्रायोजन गरेका छन् |

images
प्रकाशित मिति :माघ २७, २०७५ आइतवार - ०९:५३:२० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend