१३, फाल्गुण २०७५
बर्न,१७ फरबरी
कार्यकाल सकेर नेपाल फर्कँदै गरेका स्विट्जरल्याण्डका लागि नेपालका राजदूत दीपक धितालले आफ्नो कार्यकालमा राम्रा र देखिने कामहरु गर्न आफू सफल भएको बताउनुभएको छ । आफ्ना कामले गर्दा देशको प्रतिष्ठा बढाउन सघाउ पुगेको पनि दाबि गर्नुभयो ।
गैर आवासिय नेपाली सँघको स्विटजरल्याण्डको आयोजनामा शनिवार बर्नमा आयोजित विदाइ कार्यक्रममा बोल्दै राजदूत धितालले सो दावि गर्नुभएको हो ।
राजदूत धितालले राष्ट्रपतिको भ्रमणका क्रममा नेपाल सरकारसँग वैज्ञानिकहरुको प्रविधि र ज्ञानको आदानप्रदान हुने सर्नको सम्झौता भएको, कोलम्बो समूहको अध्यक्षता गरेको, अन्तर्राष्ट्रिय श्रम सँगठनको नेतृत्वदायि भूमिका खेल्न सफल भएको जस्ता देखिन लायक काम गरेकोमा आफूलाई सन्तुष्ट लागेको बताउनुभयो ।
एनआरएन अध्यक्ष भूमिराज गुरुँगले राजदूत धितालको कार्यकालमा दूतावासबाट प्राप्त सहयोगको निम्ति धन्यवाद दिनुभयो ।
कार्यक्रममा नेपाली दूतावासका तीर्थराज वाग्ले, एनआरएन स्विटजरल्याण्डका सँस्थापक सँजय मूडभरी, बर्न समाजका अध्यक्ष विष्णु थापा, स्विस नेपाल समाजका उपाध्यक्ष पितम गुरुँग, एनआरएन महिला सँयोजक शुभ एल्मर लामा, नेपाली वैज्ञानिक समाज स्विटजरल्याण्डका राकेशचन्द्र प्रजापति, सूचना प्रविधि विज्ञ प्रकाश थापा, स्विसमा बसोबास गर्ने प्रथम महिला विन्दु पाण्डेले पनि राजदूत धितालको राम्रो कामको लागि धन्यवाद दिनुभएको थियो ।स्विसखबर पत्रिका
प्रकाशित मिति :फाल्गुण १३, २०७५ सोमवार -
११:४२:२४ बजे