Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

भरोसायोग्य युवा नेता गुमायौं : ओली-प्रचण्ड

भरोसायोग्य युवा नेता गुमायौं : ओली-प्रचण्ड

सतीश चापागाईं

१५, फाल्गुण २०७५
images
तस्बिर: बिमल नेपाल काठमाडौँ, १५ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री रवीन्द्र अधिकारीको निधनप्रति दु:ख ब्यक्त गरेका छन् । उनीहरुले हेलिकप्टर दुर्घटनामा भएको अधिकारीको निधनबाट पार्टीले प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेता गुमाएको उल्लेख छ । बक्तब्यमा नेपालको कम्युनिष्ट आन्दोलनमा अधिकारीले दिएको योगदानको उच्च मूल्याङ्कन गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरिएको छ । बक्तव्यमा "अधिकारीको निधनबाट पार्टी केन्द्रीय कमिटीले एक जना होनाहार सदस्य, विकासप्रेमी जनप्रतिनिधि गुमाएको छ " उल्लेख गरेका छन् । बुधबार दिउँसो १ बजेतिर ताप्लेजुङको फुङलिङ–१०, सिस्नेभिरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा अधिकारीसहित सात जनाको निधन भएको थियो । दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति भएको र मुलुकले जनता र विकासप्रति सदैव समर्पितयोग्य जनप्रतिनिधि गुमाउनाका साथै निजी क्षेत्रबाट देशको विकासप्रेमी पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारी र हेलिकप्टर चालकको निधन भएको खबरले पार्टी स्तब्ध भएको अध्यक्षद्वयको वक्तव्यमा उल्लेख छ । दुर्घटनामा परी निधन भएका यति एयरलाइन्सका प्रबन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उडड्यन प्राधिकरणका निर्देशक धु्रवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टर चालक प्रभाकर केसी र मन्त्री अधिकारीका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधन भएको थियो । पार्टीको वक्तव्यमा दिवङ्गतप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँहरुको शोकाकुल परिवार तथा आफन्तहरुप्रति गहिरो समवेदाना व्यक्त गरिएको छ ।  

images
प्रकाशित मिति :फाल्गुण १५, २०७५ बुधवार - १८:१६:०७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend