२४, फाल्गुण २०७५
मुक्तक-१, (निशा के. सी.)
राेइरहेछन् लालीगुँरास मनमा कुनै सुखै छैन
निर्मलाकाे पीडा भन्दा अर्काे ठूलाे दुखै छैन
जतिसक्दाे छिटाे विश्वासकाे बाेट राेप सरकार
यस्ताे लाग्छ याे देशमा न्याए फल्ने रूखै छैन ।
काठमाण्डौ ।
...................
मुक्तक -२ (अभागी नरू असफल)
एक निर्मलालाई मारेर फाल्यौ अझै कति फाल्छौ भन
ए सरकार अपराधीलाई कहिले जेलमा हाल्छौ भन
अहिलेसम्म त लड्यौ बाहिरी देशसँग आफ्ना लागि
अब नेपालको लागि लड्न कहिलेबाट थाल्छौ भन ।
हाल : मे . न . पा . बैतडी ।
.................
मुक्तक-३, (हरि कंडेल)
आत्मा मर्यो सम्मान मर्यो, न्याय पाउन खोज्दा,
सरकारले अत्याचार गर्यो, न्याय पाउन खोज्दा
निर्मलाको बलात्कारपछि, हत्या हुन्छ सुन साथी ,
बाबु पागलखाना जानु पर्यो, न्याय पाउन खोज्दा ।
सरावल गाउँपालिका, नवलपरासी पश्चिम
हाल: कुबेत ।
...........................
मुक्तक-४, (रेश्मा राना)
साँझ बिहान हरबार बजिरहेको छ
रेडियोमा समाचार बजिरहेको छ
कहिल्यै बजेन निर्मलाले न्याय पाई
अझै उन्को बलात्कार बजिरहेकोछ ।
सिंधुली ।
.............................
मुक्तक -५, (- गोम बिक्रम)
बन्धक राखी मानवीयता, थिचिए कति गलाहरु
दिनानुदिन अल्पायुमा, जले कतिका सलाहरु
बोल्नेको थुतिन्छ जिब्रो बरु, बाध्य छ सहनु अन्यायहरु
भ्रमको पर्दामा लुकाएर, दबिए कति निर्मलाहरु
कल्लाबारी, पाल्पा ।
...........................
संकलन : गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
२०७५ फागुन २४
प्रकाशित मिति :फाल्गुण २४, २०७५ शुक्रवार -
२१:४४:०४ बजे