Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अनवर अलीका ५ मुक्तकहरु

अनवर अलीका ५ मुक्तकहरु

सतीश चापागाईं

२६, फाल्गुण २०७५
images
  मुक्तक - १ चिल्लो गाडी अनि हवेली के के ल्याऊँ भन फर्किदा खेरी अरु कोसेली के के ल्याऊ भन तिम्रै लागी खुसी खोज्न परदेश जाँदैछु प्यारी नरुझाऊ भो आँसुले परेली के के ल्याऊँ भन । मुक्तक - २ अत्यन्तै महँगो महँगो उपहार लिएर जान्छ उनको लागी केही कुरा बराम्बार लिएर जान्छ आमा रोगले छटपटिँदा जँचाउन लगेन छोरा प्रेमीकालाई भने घुमाउन बजार लिएर जान्छ । मुक्तक - ३ अधुरै छन् यि रहर ढोगेर के गर्नु ? अभागी यो खप्पर ढोगेर के गर्नु ? आँखाको आँसु रित्तिएन कहिलै मन्दिरको पत्थर ढोगेर के गर्नु ? मुक्तक - ४ मन्दिर जान्छु भन्छे छोरी पठाऊँ म कसरी ? शिक्षकबाटै बलात्कृत हुन्छे पढाऊँ म कसरी ? भरोसा छैन कसैको यहाँ खै कता जाऊँ भन्नु ? पापीहरुको नजरबाट चेली बचाऊँ म कसरी ? मुक्तक - ५ कति भाग्यमानी होला तिम्रो वर हेरेर मर्ने मन छ मेरोभन्दा कति ठुलो छ उसको घर हेरेर मर्ने मन छ तिमीलाई आफ्नो बनाउने मेरो हैसियत छैन सानु पराईको सिन्दूर सिउँदोमा एक नजर हेरेर मर्ने मन छ । अनवर अली झापा गाउँपालिका - ५ पन्थापाडा, झापा । (अलीका मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा मुक्तक पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला ।-सम्पादक)

images
प्रकाशित मिति :फाल्गुण २६, २०७५ आइतवार - ०७:४९:०९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend