Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

बी. कुलुङका पाँच दमदार मुक्तकहरु

बी. कुलुङका पाँच दमदार मुक्तकहरु

सतीश चापागाईं

२६, फाल्गुण २०७५
images
  मुक्तक -१ फुल चुँडाउनु महापाप पनि हुनसक्छ प्रेममा धोका फलिफाप हुनसक्छ अाज जोडेको नाता भोली टुट्यो भन्छौ शायद त्यही फुलको सराप हुनसक्छ मुक्तक -२ विश्वासनियताहरुले पोषित हुन नसकेर नै प्रेमील भावनाहरुमा शोषित हुन नसकेर नै साँचो मुटुलाई तोडेर भाग्छन् कतै धोकेबाज भगौडेको रुपमा उनी घोषित हुन नसकेर नै । मुक्तक -३ यो समस्याले पिरेको निकै साल भएछ खाडी देशमा छिरेको निकै साल भएछ परिश्रम बोल्छ अब पसिनाले पोल्छ साहुको ऋण तिरेको निकै साल भएछ । मुक्तक -४ अनेकौँ हुन्छन् चोहरु गन्नु पो हुँदैन त चिहान जस्तो यो मुटु खन्नु पो हुँदैन त देखी-देखी चोट दिन्छन् कोमल यो मुटुमै फुकाएर दुनियाँ सामुन्ने भन्नू पो हुँदैन त । मुक्तक -५ मुठ्ठी मै अल्झिने थ्यो खुसी न चुहुन्थे होला ! बाध्यताले व्यर्थै यसरी न जालो बुन्थे होला ! काश! नछेक्दो हो यी ठेलाहरुले हत्केलोमा मेरो पनि त कतिका भाग्य रेखा हुन्थे होला । - बी .कुलुङ (यश) रगंबुल दार्जिलिङ पश्चिम बंगाल भारत ।   ( बी .कुलुङ (यश)का मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा मुक्तक पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला ।-सम्पादक)

images
प्रकाशित मिति :फाल्गुण २६, २०७५ आइतवार - १६:३६:०४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend