Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मुक्तककार अास्था निरौलाका पाँच मुक्तकहरु

मुक्तककार अास्था निरौलाका पाँच मुक्तकहरु

सतीश चापागाईं

२६, फाल्गुण २०७५
images
मुक्तक-१ शहिद रोएका छन् देशमा सीमाना मिचेको देखेर दुई पैसाको लोभमा नेताहरू बिकेको देखेर ती वीर पुरूषले जोडेको प्यारो नेपालमा आज दिन प्रति दिन भष्ट्राचार र बलात्कार बढेको देखेर । मुक्तक -२ धेरैको सुनियो भाषण बलात्कार विरुद्व धेरै आए नीति-नियम अत्याचार विरुद्व बालुवाटारमा अनसन बसेर के भयो खै अपराधीले चिठ्ठी लेख्यो कारागार विरूद्व मुक्तक -३ मलाई जान्न मन लागेको छ टुना-मुना तन्त्र कस्तो होला ? यहाँ साँचो माया गर्नेहरू छुटिंदा दूरी नाप्ने यन्त्र कस्तो होला ? कहिले जात-धर्म त कहिले धन सम्पत्तिले अलग्याउन खोज्ने दुश्मनहरूले प्रेमील जोडी एक हुन नदिने मन्त्र कस्तो होला ? मुक्तक -४ कसैले मेरो दिल चोर्ने दाउ गर्दैछ नशालु नजरले चिथोर्ने दाउ गर्दैछ थाहै नपाई यो मनभित्र बस्नलाई बाधा व्यवधान फोर्ने दाउ गर्दैछ । मुक्तक -५ शिक्षित समाज नै आज विवेकहिन भएपछि छोरीचेलीको अस्मिता जोगाउन कठिन भएपछि सन्तान जन्माउनुको के नै अर्थ रह्यो होला खै ? हत्या-हिंसा र लुटपाट मात्रै दिनानुदिन भएपछि । - आस्था निरौला इलाम नगरपालिका - २, भानुपथ । हाल : गोङ्गबु, काठमाण्डौ । (आस्था निरौलाका मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा मुक्तक पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला ।-सम्पादक)  

images
प्रकाशित मिति :फाल्गुण २६, २०७५ आइतवार - १६:४२:५९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend