Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पाँच स्रष्टाका पाँच मुक्तक सिर्जनाहरु

पाँच स्रष्टाका पाँच मुक्तक सिर्जनाहरु

सतीश चापागाईं

१, चैत्र २०७५
images
मुक्तक-१ जताततै हिजोआज माया बिक्ने बजार छन् बेच्ने बरू सयौं होलान किन्नेहरू हजार छन् चोट बोक्ने छाती हुन्छ रुझिदिन्छन् नयनहरू फूलको हत्या गरी- गरी ग्रहण गर्ने मजार छन् । छिमेकी दाइ, मोरङ्ग । .......................................................... मुक्तक-२ प्रस्ताव थिए तिम्रा जति, स्वीकार गरुँ काँचो थियो जीवन बुझ्न अझ बढी, सदविवेकको खाँचो थियो मायाको डोरी बाटिएछ, दुनियाँलाई ढाँटिएछ फुकाऊँ अब नफुक्ने भो, लुकाऊँ भने साँचो थियो । - गोम बिक्रम कल्लाबारी, पाल्पा । ......................................................... मुक्तक -३ डरले भाग्दाभाग्दै मर्नेहरू पनि शहिद हुन थाले जनताकाे पसिनामा चर्नेहरू पनि शहिद हुन थाले परिवेश अनाैठाे छ यहाँ शब्दकाे अर्थ फेरिंदाेछ देशमाथि वज्रपात गर्नेहरू पनि शहिद हुन थाले - डा. श्याम न्यौपाने, नवलपरासी । .............................................. मुक्तक -४ कोही खुट्टाको बाजी लगाएर जुत्ता जोगाउँछन् कोही जुत्ताको माया मार्छन्, खुट्टा जोगाउँछन् न बाठो चिन्न सकियो, न लाटो ठम्याउन सकियो, अमूल्य ज्यानको सट्टा हजारको लुगा जोगाउँछन् - विपिन मर्म .................................................................. मुक्तक -५ खरानीको आगो झैं छन् सुषुप्त चोटहरू चस्किरहन्छ्न् बेला बेला पीडायुक्त चोटहरू वर्तमानले विगतलाई जब जब निम्ता दिन्छ छातीमा सल्बलाउँछ सुस्त सुस्त चोटहरू । - सोनाम शेर्पा सनम जिरी, दोलखा । .............................................................. संकलन : गोम बिक्रम कल्लाबारी, पाल्पा । २०७५ फागुन ३० (सबै मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा मुक्तक पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला ।-सम्पादक)

images
प्रकाशित मिति :चैत्र १, २०७५ शुक्रवार - २०:१०:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend