Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

भिम बिश्वकर्माका ५ मुक्तकहरु

भिम बिश्वकर्माका ५ मुक्तकहरु

सतीश चापागाईं

४, चैत्र २०७५
images
  मुक्तक -१ बनाएर आफैलाई अधीन सताइरहन्छ सम्झेर परिस्थिति कठिन सताइरहन्छ जुन प्रेमीका मेरो भाग्यमा छँदै थिइन हो उसैको यादले रातदिन सताइरहन्छ । मुक्तक -२ हामी एउटै मानव एउटै देश फरक किन भयो ? नेपाल र नेपालीको परिवेश फरक किन भयो ? मलाई यो कुराको रहस्य जान्न मन छ सरकार,, हिमाल,पहाड तराई मधेश फरक किन भयो ? मुक्तक -३ सम्झेर देश घरिघरी निदाउन सक्दिनँ याद अाउँछ बेस्सरी निदाउन सक्दिनँ बुद्धको देशमा हिटलरहरुले रजाईँ गर्दा,, चिन्ता लिन्छु मनभरी निदाउन सक्दिनँ । मुक्तक -४ देखेर उसको खोक्रो चुरीफुरी अचम्म लाग्छ देखाउँदा हुँदै नभएको बहादुरी अचम्म लाग्छ हिजो कलम चलाएर देश बदल्छु भन्ने साथीले आज समाउँदै हिड्छ खुकुरी अचम्म लाग्छ । मुक्तक -५ आफ्नै घर अगाडी पसल चाहिन्छ ठूलाबडालाई र बाँचुन्जेल जीवन सरल चाहिन्छ ठूलाबडालाई गरिबहरु भने सधैं के खाऊँ के लाऊँ सोची रहन्छन् यता गाडी चाहिन्छ महल चाहिन्छ ठूलाबडालाई । - भिम बिश्वकर्मा कोहलपुर न.पा.-२ अानन्दनगर, बाँके । (भिम बिश्वकर्माका सबै मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा मुक्तक पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला ।-सम्पादक)  

images
प्रकाशित मिति :चैत्र ४, २०७५ सोमवार - २१:३३:५० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend