Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

पाँच सर्जकका पाँच मुक्तकहरु

पाँच सर्जकका पाँच मुक्तकहरु

सतीश चापागाईं

४, चैत्र २०७५
images
  मुक्तक -१ बसको यात्रा भीड कचाक्कुचुक भएपछि आयो त्यसैमा मान्छेहरुको घचाक्घुचुक भएपछि आयो नआउनेलाई पनि आउने बनाउँछ भन्थे भन्नलाई हिजोदेखिको खाना पचाक्पुचुक भएपछि आयो । - ममता अर्याल लैलै .............................................................. मुक्तक -२ फेरी कुनै पुर्ण एउटै आकृति भर्नै नमिल्ने गरी चर्कियोस् दिल ऐना सरि प्रयोग गर्नै नमिल्ने गरी यसरी नै खुसीका डुङ्गाहरू भत्काइ रहनू प्रिये तिमी सामु पुग्ने प्रेम सागर मैले तर्नै नमिल्ने गरी - अरुणा श्रेष्ठ 'अनु', झापा । ............................................................. मुक्तक-३ जन्म जातभाग्य रेखा कसैको पनि कोरिएको, छैन सुख शान्त समृद्धिको लहर कहिँ देखिएको, छैन परिवर्तनका नाममा धेरै भए आन्दोलन देशमा किन ? गरिब दु:खी जनता माथिको दमन अझै रोकिएको, छैन । - कविता घर्ती मगर, सल्यान । .............................................................. मुक्तक -४ जति तिम्लाई सम्झाए नि, मन फेरेनौ रति पनि लुकाईराख्न सक्छौ दोष, भ्रम छरेर जति पनि सबै कुरा बिग्रिरहून, मतलब छैन जेसुकै हुन माछो पार्न जाल त फेर्यौ, बुद्धि फेरेनौ कति पनि । - गोम बिक्रम कल्लाबारी, पाल्पा । ................................................................... मुक्तक -५ अर्कैको धर्म सस्कारमा, चढेर बुई हजुर गाउँ शहर डुल्दछन, लाउदै फुई हजुर आमाको दुध छोडी,वावुको घोडा चुस्नेले बुझ जति उफ्रेनी भ्यागुता, हो भुईकाे भुई हजुर - गणेश नेपाली बगनासकाली-१, पाल्पा । ................................................................... संकलन : गोम बिक्रम कल्लाबारी, पाल्पा । २०७५ चैत्र ०५ (भिम बिश्वकर्माका सबै मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा मुक्तक पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला ।-सम्पादक)  

images
प्रकाशित मिति :चैत्र ४, २०७५ सोमवार - २१:४२:४३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend