Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

दुबईमा पाल्पाली कार्यक्रम, नारायण रायमाझी लगायतका कलाकारहरु आउने

दुबईमा पाल्पाली कार्यक्रम, नारायण रायमाझी लगायतका कलाकारहरु आउने

सतीश चापागाईं

५, चैत्र २०७५
images
श्रीकृष्ण भट्टराई एक्काइसौं शताब्दीको आवश्यकता सीप र ज्ञान, यूएईको माटो सुहाउँदो पाल्पालीहरुको अभियान भन्ने नाराका साथ स्थापना भएको पाल्पाली समाज यूएईले आउँदो अप्रील १९ तारिख आफ्नो चौथो वार्षिकोत्सब तथा पाल्पाली साँझ २०७६ को आयोजना गरेको छ । यूएईमा रहेका विभिन्न संघसँस्था हरुको माझमा आफ्नो अलग्गै पहिचान बनाउन सफल यस संस्थाले आफ्नो चौथो वार्षिकोत्सब नयाँ वर्ष २०७६ को शुभ कामना आदान प्रदान तथा रमाइलो साँस्कृतिक कार्यक्रम गरेर मनाउन लागेको हो । उक्त कार्यक्रमका संयोजक कैलाश अर्यालका अनुसार नेपालदेखि आउने चर्चीत गायक तथा श्रस्टा नारायण रायमाझी, लोक दोहोरी गायक पुरुषोतम गैरे तथा लोक दोहोरी गायीका सम्झना लामिछाने मगर तथा यूएईमा रहेका नेपाली कलाकारहरुले आफ्नो उत्कृष्ट प्रस्तुति पस्कने छन् । कार्यक्रम बुर दुबईमा रहेको अस्टोरिया होटलको एभरेस्ट क्लबमा हुनेछ ।सँस्थाका अध्यक्ष बेद प्रसाद अर्यालले यूएईमा रहेका अन्य संघ सँस्था हरुले आयोजना गर्ने कार्यक्रममा पाल्पाली समाजले आफ्नो बाक्लो उपस्थिति जनाउने गरेकोले आफ्नो कार्यक्रममा पनि उत्साह जनक सहभागिता जनाएर कार्यक्रम सफल बनाउन सहयोग गर्न सम्पूर्णमा अनुरोध गरेका छन् ।

images
प्रकाशित मिति :चैत्र ५, २०७५ मंगलवार - १०:२९:३३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend