Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मनिषा कार्कीका ५ मुक्तकहरु

मनिषा कार्कीका ५ मुक्तकहरु

सतीश चापागाईं

९, चैत्र २०७५
images
  मुक्तक -१ स्वर्गको आभाष दिलाउने स्थल जस्तै लाग्छ र सुविधा सम्पन्न पाँचतारे होटल जस्तै लाग्छ परिवारमा प्रगाढ माया र समझदारी भयो भने चाहे झुपडी नै होस् घर, महल जस्तै लाग्छ । मुक्तक -२ राजनीतिको नाममा अपराधको छेकथुन हुनुपर्छ कहिल्यै संशोधन गर्नु नपर्ने बलियो कानुन हुनुपर्छ भवितव्य बाहेक मार्ने उद्देश्य ठहरिएको अपराधीलाई, जन्मकैद मात्रै होइन खुनको बदला खुन हुनुपर्छ । मुक्तक -३ फूलै-फूलको ओढ्ने र ओछ्यान पाइन्छ बैकुण्ठमा बास होस् भन्ने वरदान पाइन्छ बाँचुन्जेल अनेकौं आरोपहरु खेप्नु परेता पनि मृत्यु पश्चात् भव्यताका साथ सम्मान पाइन्छ । मुक्तक -४ तिम्रो खातिर दु:ख र चुनौतीसँग भिड्न तयार थिएँ डाहा गर्ने दुश्मनलाई दुई टुक्रामा गिंड्न तयार थिएँ तिमी नै राजी भएनौ त मायाको गन्तव्यमा पुग्न, म भने नाङ्गो खुट्टा काँडा माथी हिंड्न तयार थिएँ । मुक्तक -५ देशको लागि म मेरो पहिचान दान दिन्छु मलाई विक्षिप्त बनाउने मुहान दान दिन्छु गरिबको आर्तनाद नसुन्ने बहिरो सरकारलाई, मसँग भएको मेरा यी दुबै कान दान दिन्छु । - मनिषा कार्की पञ्चकन्या -१ अाँपचौर, नुवाकोट । हाल : साइप्रस (मनिषा कार्कीका मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा मुक्तक पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :चैत्र ९, २०७५ शनिवार - १५:३८:५२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend