Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अरुणा श्रेष्ठ 'अनु'का ५ मुक्तकहरु

अरुणा श्रेष्ठ 'अनु'का ५ मुक्तकहरु

सतीश चापागाईं

९, चैत्र २०७५
images
  मुक्तक -१ आउँछ समयसँगै न त्यो सूचना दिएर आउँछ आफ्नै मौलिक कला र संघर्षमा जिएर आउँछ बुझ्नुस् जमीनमा रोपिएको बीउ झैँ हो सत्य पनि जति किच्नु हुन्छ उति झन् पकड लिएर आउँछ । मुक्तक -२ मौनताकै सुकुल बिछ्याइ सुकाइ दिऊँ कि सपनाहरू जुन इन्द्रियले देख्यो उसैबाट लुकाइ दिऊँ कि सपनाहरू चरेर अघाइ फर्कियोस् या त थलै भुलेर जाअोस् बरु लाग्छ पशु झैं बाँधिएका यी फुकाइ दिऊ कि सपनाहरू । मुक्तक -३ भन्छ हृदयले सहजताका सागर जिज्ञासुमा बग्न हुन्न नशा-नशामा बग्ने खुन खबरदार मासुमा बग्न हुन्न संघर्ष,तिरस्कार यावत पीडा नै सिँढी हो जिन्दगीको सञ्चित गर्नुछ मलाई ती सबै व्यर्थै आँसुमा बग्न हुन्न मुक्तक -४ छेपारो झै रङ्ग सक्दो फेर्दै गर्नुस् हजुर समय चर्खा घुमिरहन्छ हेर्दै गर्नुस् हजुर दुनियाँ लुटेर जम्मा गरिएको धन दौलत मृत्युपछि लानु पर्छ बेर्दै गर्नुस् हजुर । मुक्तक -५ मान्छे खाए नि बाघ सही, बिरालो जुठो लाउँदै दोषी निरीह बन्यो अपराधी, दियौ सजायँ खोजी खोजी ए सभ्य समाज न्याय बोल, उघार आँखा सत्य हेर, कहिलेसम्म हिँड्छौ यस्ता, स्वार्थ र दुष्ट विचार बोकी ? - अरुणा श्रेष्ठ 'अनु' भद्रपुर, झापा । (अरुणा श्रेष्ठ 'अनु'का मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा मुक्तक पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :चैत्र ९, २०७५ शनिवार - १५:५१:३९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend