Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

नेपाल एयरलाइन्सको काठमाडौं-दुबई उडान तालिका परिवर्तन

नेपाल एयरलाइन्सको काठमाडौं-दुबई उडान तालिका परिवर्तन

सतीश चापागाईं

११, चैत्र २०७५
images
श्रीकृष्ण भट्टराई दुबई काठमाडौँ स्थित त्रिभुवन विमानस्थलको धावन मार्ग र दुबई एअरपोर्टको दक्षिण–पूर्व तर्फको एउटा धावनमार्ग पुनर्निर्माणको काम हुने भएपछि नेपाल एयरलाइन्सले आफ्ना उडानहरुमा केही कटौती गर्नुका साथै स्थान र समय तालिका परिवर्तन गरेको छ । काठमाडौँ -दुबई एअरपोर्टको टर्मिनल २ दैनिक उडान संचालन गर्दै आएको एयरलाइन्सले ०१अप्रिल २०१९ देखि ३० जुन २०१९ (तीन महिना )को लागि दुबईमै रहेको अल मक्तुम एअरपोर्टबाट हप्तामा तीन दिन मात्र उडान गर्ने भएको छ।परिवर्तित समय अनुसार एयरलाइन्सले नेपालबाट हरेक मंगलबार, बिहीवार र शनिबार राती २११५ र दुबईबाट हरेक बुधवार, शुक्रबार र आइतबार बिहान २: २० मा उडान भर्नेछ । यस अवधिमा यात्रु हरुको चापलाई हेरी २५६ इकोनोमी क्लास र १८ बिजिनेस क्लास सिट रहेको ठुलो विमान वाइड बडीबाट उडान अवतरण गराइने कुरा नेपाल एयरलाइन्स यूएईका कन्ट्री म्यानेजर टिकाराम पङ्गेनीले जानकारी गराए । साथै उनले यो अवधिमा पहिलेनै टिकट लिइसकेका यात्रुले टिकटको मिति परिवर्तन वा टिकट फिर्ता गर्नुपरेमा एकपटकको लागि टिकट लिएको ट्राभल एजेन्सीबाट विनाकुनै थप शुल्कमा टिकट अद्यावधिक गर्न सक्ने कुरा बताए । यात्रुका लागि थप सुविधाहरु जम्मा २७४ सीट रहने यो ठूलो आकारको विमानमा विजनेस क्लासको सीट ७५ इन्च र इकोनोमी क्लासको सीट ३१ इन्च चौडाईको रहेको छ ।यसमा प्रत्येक सीटको लागि छुट्टा छुट्टै टिभी स्क्रीन रहनेछ । जसमा विभिन्न मनोरन्जनात्मक सामाग्रीहरु उपलब्ध हुनेछ ।निगमको यस उडानमा खाना /खाजा , पानी ,जुस ,सफ्ट ड्रिंक्स साथै वियर पनि निशुल्क उपलब्ध गराउने छ । ग्राहकको सुविधाको लागि इकोनोमी क्लासमा ३५ केजी र ४०केजी गरि दुई किसिमको ब्यागेज सेवा हुनेछ भने ह्यान्ड क्यारीमा समेत अहिलेको ७ केजी बाट बढाएर १० केजी उपलब्ध गराइएको छ । यात्रुहरुको सहजताका लागि दुबईको बुर दुबई एम्बासडर होटल सँगैको पार्किंगबाट अल मोक्तम एअरपोर्ट सम्म साझ २०:३० देखि २१:०० सम्मको समयमा निशुल्क बस सेवा संचालन गरेको छ ।अबुधाबीबाट भने पहिलेकै स्थान साबियाको अल सफीर सेन्टरदेखि २०:४५ बजे र इलेकट्रा लाईफ लाईन हस्पिटलको पछाडी नमस्ते ट्राभल नजिक देखि २१:१५ नियमित बस संचालन रहेकोछ । वाइडबडी विमानको सेवा सुरुभए प्रश्चात निगमलाई पूर्व जानकारी गराई अत्यन्त गम्भीर अवस्थाका बिरामीलाई समेत चिकित्सकको अनुमतिमा यात्रा गराउन सकिने छ । दुई वर्षभन्दा मुनिका बालबालिका को हकमा ९० % र दुई वर्ष देखि १२ वर्ष मुनिका नाबालकको हकमा २५% टिकटको मुल्यमा छुटको सविधा रहेको छ । साथै सामान्य शुल्कमा विना अविभावक नावालकलाई यात्रा गराई गन्तव्यमा सम्बन्धित अविभावकहरुलाई जिम्मा लगाउने सेवा पनि निगमले उपलब्ध गराउँदै आएको छ ।

images
प्रकाशित मिति :चैत्र ११, २०७५ सोमवार - ०६:४१:२१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend