११, चैत्र २०७५
सिउँदो तिम्रो रातै देख्छु, कसको नामको सिन्दुर लाईछौ
सुन्छु बुडो बिदेश छन् रे, झन झन तिम्ले भाउ पाईछौ
पैला सारै दु:ख थेय्यो रे,अहिले राम्रै लाईछौ मिठै खाइछौ
घरमै बास हुन्न तिम्रो, जैले सुकै बाहिरै धाइ छौ
सुन्छु लोग्ने बिदेश छन् रे, झन झन तिम्ले भाउ पाइछौ
फेरीछौ नि गुन्यो चोली, बदलामा स्कट लाईछौ
ख़ाली खुट्टै हिड्थ्यौ पैले, डिन्गो बुठमा डिस्को धाईछौ
सुन्छु लोग्ने बिदेश छन् रे, झन झन तिम्ले भाउ पाइछौ
डराउथेऊ रे साइकल देखी, अाज स्कुटीमा बजार गैछौ
दिन दिननै गाउकी माइली, नचिनिने हुदै रैछौ
सुन्छु लोग्ने बिदेश छन् रे, झन झन तिम्ले भाउ पाईछौ
गाऊँ जानै छोड्यौ अरे, मोज मस्तीमा डुल्नी भैछौ
गाई गुइ हल्ला चल्या रैछ, आफ्नै लोग्ने भुल्नी भैछौ
सुन्छु लोग्ने बिदेश छन् रे, झन झन तिम्ले भाउ पाईछौ
हाल:बाल्टिमोर अमेरिका
प्रकाशित मिति :चैत्र ११, २०७५ सोमवार -
२०:२१:२१ बजे