Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कथा - 'टुक्रियो सपना' - गजेन्द्र मोक्तान

कथा - 'टुक्रियो सपना' - गजेन्द्र मोक्तान

सतीश चापागाईं

११, चैत्र २०७५
images
  " तिमी झापाबाट कहिले आयौ नि ?" " म भर्खर एक बजे आइपुगेँ । भद्रपुरमा फ्लाईट रोकियो त्यसैले ढिला भयो । तिम्रो खबर के छ ?" मतिर फर्केर मुस्काउँदै उनले सोधिन् । "म त तिम्रो अभावमा पानीबिनाको माछो झैं छट्पटिएको छु ।" - मैले जवाफ दिएँ । "ए हो र तिमीलाई गफ लाउन खुब आउँछ नि है ?" मेरो कुममा आफ्ना नरम हातले प्याट्ट हिर्काइन् । "ए साँच्ची तिम्रो पढाई कस्तो हुँदैछ गज्जु ?" मैले भने - "ठिकै छ ट्युसन पढ्दैछु बागबजारमा सुवास गिरीसँग । तिमीले पढीसक्यौ र ढुक्क छौ ।" मैले जिस्कँदै भनेँ । उनले मेरा लागि इलामबाट ल्याएको पोलिथिन भरीको छुर्पी र ललीपप मतिर बढाउँदै भनिन् - " ल ल खाऊ ।" मेरो भोली जन्मदिन छ मलाई के दिने ?" उनी पनि के कम उस्तै जिस्कने स्वभाव थियो । "मैले के दिनु र तिमीलाई चोखो माया बाहेक ? जागिर छैन व्यापार छैन । बरु तिम्रो केक खान आउँला नि है हुन्छ ! हाम्रो कफी शपमा निकै गफ भयो । कुराकानीको अन्तमा जन्मदिन मनाउनको लागि आफ्नै घरमा बोलाईन। उनका बुवा नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरिक्षक (एस.एस.पि.) भने आमा सामान्य मन्त्रालयको अधिकृत हुनुहुन्थ्यो । उनले हात्तीवनको लिटल एन्जल्सबाट एस.एल.सी. पास गरेकी थिईन भने काडमाण्डौ विश्वविद्यालयबाट बि.बि.ए. गरेकी थिइन । सभ्य र सम्पन्न परिवारकी भए पनि मोनिकामा कहिल्यै अहमता देखिनँ मैले । म जस्तो गाँउलेलाई पनि किन र कसरी मन पराइन म चकित हुन्थेँ । एकपालीको दशैंमा घर जाँदा चिनजान भएकी उनीसँग गहिरो पिरतीमा परेँछु म त । मलाई उनले सोझो र भलादमी लाग्यो रे त्यसैले मनदेखि नै तिमीलाई मन पराएँ तर तिमी र मसँगै हुनको लागि बैज्ञानिक ढंगले मात्र हुन सँगै हुन सक्छौ नत्र परिवारकी कान्छी छोरी अस्ति मात्र नेपाली सेनाका सेनानी थापा थरको एक जना माग्न आएको थियो तर मैले मानिनँ । यसरी कुरा हुन्थ्यो हाम्रो, उनलाई मैले कोठा भाडा तिर्नलाई ठिक्क पारेको पैसाले न्युरोडमा गएर ईटालियन ब्रान्डको जुत्ता उपहार ल्याई दिएँ किनभने राम्रो ब्रान्डको जुत्ता र कपडा लाउन सौखिन थिइन् गोरी र सर्लक्क मिलेको शरीर टक्क कपडा लाएसी जेनिफर लोपेज जस्तै मान्थे मैले । दु:ख-सुख बुझ्ने मान्छे सायद उनी मात्र थिइन् मेरो जीवनमा त्यसैले उनलाई एउटा उपहार दिन कुनै कन्ज्युस्याँई थिएन । उनको जन्मदिनमा गएँ उपहार दिएँ केक खाएँ उनी धेरै खुशी भइन् मेरो उपस्थितिले मोनिका । "तिमीले कोठा भाडा तिर्नु पर्छ, खानु प-यो, ट्युसन फि र साथीभाईसँग चिया खाजा खानु प-यो मैले त जिस्किएको मात्र यति महंगो चिज किन ल्याएका नि ? उनले हकारिन् । मैले कुरा मिलाएँ दिनहरु बित्दै गए । हाम्रो विवाह त कठिन थियो । जात, स्तर फरक थियो त्यसैले हामीले विवाहका लागि बेग्लै आधार बनाउनु पर्थ्यो । उनी अष्ट्रेलियामा MBA गर्न हामी दुवैको सल्लाह अनुसार जाने निश्चित भयो त्यसपछी उनकै पहलमा जान सक्ने भएँ र विवाह गर्न सजिलो हुने भयो । सहमति बमोजिम मोनिका University of New South Wales मेलबर्नमा पढ्नलाई गइ्न । हाम्रो प्राय: सधै कुरा हुन्थ्यो म पनि एक बर्षभित्रमा विवाह गरेर जानको लागि प्रक्रिया अगाडी बढाउँदै थिएँ । होलीको दिन साथीहरुसित खेल्दै रहँदा अचानक खबर आयो मोनिका मार्गरेट रिभर घुमेर आउँदा कार दुर्घट्नामा परेर मृत्यु भएको खबरले स्तब्ध भएँ । उनी दुर्घटनामा पर्दा म पनि उनीसँगै परेँ झै भयो मेरो जीवनको रहरहरु खुशीहरु उनीसँगै गयो। लेखान्तमा जीवन अडेको रहेको छ हामी त पात्र रहेछौ निर्देशन त भगवानले नै गर्दोरहेछ । टुक्रियो सपना मेरो त्यो दिनदेखि लाग्न थाल्यो खुशी त अब यो जुनीमा हुन्न होला मन परेको मान्छे, मैसामु नरहे पछि बाँचेर पो के गर्न सक्छु र ? उनको यादमा परे पछि यस्तै हुन्छ आजभोली मलाई । त्यसैले दिक्क लाग्छ होलीको दिन । फुटेको कॉच जस्तै भाग्य फुटेपछि मेरो सारा खुशीहरु दैवले लुटेपछि बॉंच्नु पनि के बॉंच्नु घायल मुटु लिएर नमेटिने याद प्रिय गयौ मलाई दिएर !! - पॉंचथर, नेपाल । (गजेन्द्र मोक्तानको यो कथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :चैत्र ११, २०७५ सोमवार - २०:२७:१९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend