Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

"ल्याऊँ उज्यालो दिन" (कविता) - शंकर ढकाल

"ल्याऊँ उज्यालो दिन" (कविता) - शंकर ढकाल

सतीश चापागाईं

१२, चैत्र २०७५
images
  छन्द : शार्दूलविक्रीडित काँडा फूल मिलेर बस्न अहिले जान्दैन पाला मियाे माला उन्न परे सधैँभरि सियाे मात्तिन्छ के के पियाे । पानी अग्नि र बैँस किन्न सकिने गल्लीहरू भेटियाे जे देख्दा शिर झुक्दथ्याे सरमले नेपाल त्याे देखियाे ।।१।। लाग्दा प्यास विशुद्ध रक्त पिउने बानी सही हाे कति पानी मात्र पिएभनूँ म कसरी बिग्रन्छ झन् झन् गति । माताकाे तन सान कर्मठ कला भुल्दै गए सन्तति चिन्ता लाग्छ म देख्न पाउँछु किनै नेपालकाे उन्नति ।।२।। पाखा जङ्गलमा विषैविष भए फुल्दैन सञ्जीवनी हावा मन्द स्वदेश बन्द छ भनी नाच्दैन झन्डा पनि । पुर्खाकाे पसिना अदम्य खुकुरी सस्ताे भयाे जीवनी माथा हुन्छ उँचाे बलिष्ठ कहिले हाम्राे सिमाना धनी ।।३।। काम्दैछिन् जननी अनन्य भगिनी लुछ्दैछ रक्तानुज अाफ्नै सन्तति दु:ख पाउँछ भनी मान्दैन चल्नै भुज । सानाे घाउ समेत चिन्न नसकी लाएर हाेला चुक भान्साभित्र बिडाल नै पसिदिदाँ नेपाल भाे "नाजुक" ।।४।। थाले व्याेम हिमाल छुन्छु म भनी लाैरीहरू उफ्रिन सीमा कानुन साँघुराे भइरह्याे पाएन माया किन । दानी भै दिन हैन भै अति छुचाे यी हात जन्मे लिन बाेकी ल्याउँछ सूर्यले पनि घृणा गर्दै अँध्याराे दिन ।।५।। भन्दैछिन् जननी कतैतिर बसी अाऊ मलाई लिन अत्याचार सहन्न अापत परे अाँखाहरू खाेल्दिनँ । राखेँ इज्जत नै धिताे कमलकाे तिर्नै नसक्दा ऋण खै कस्ताे कसरी रची म कविता ल्याऊँ उज्यालाे दिन ।।६।। - शंकर ढकाल तानसेन न. पा.-७ काजिपाैवा, पाल्पा । (शंकर ढकालको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :चैत्र १२, २०७५ मंगलवार - २०:३८:५२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend