Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नारा लगाए पनि (कविता)- सन्दीप संग्रौला 'दिलदुखी'

नारा लगाए पनि (कविता)- सन्दीप संग्रौला 'दिलदुखी'

सतीश चापागाईं

१२, चैत्र २०७५
images
छन्द : शार्दूलबिक्रिडित भेट्नेले जतिसक्छ लुट्छ नभनी भण्डार खाली भयो लुट्नेकै अझसम्म यो मुलुकमा हालीमुहाली भयो धौ धौ भो मुख हात जोड्न पसिना धारा बगाए पनि छैनन् संरचना अथाह सपना नारा लगाए पनि ।।१।। भोको पेट छ आज तन्त्र जनका आएर के हुन्छ र ? चिल्ला भाषणमा सदा भजन नै गाएर के हुन्छ र ? राम्रा काम गरे यसै जगभलो ब्याख्या नलाए पनि कोही हुन्न पचाउने फगतका नारा लगाए पनि ।।२।। उम्रेका बिरुवा सुवास जगमा छर्नै नपाए पछि यो हाम्रो सरकार हो महसुसै गर्नै नपाए पछि नेपाली जनमा नयाँ तरहको अाशा जगाए पनि माखोसम्म मरेन खै जतिसुकै नारा लगाए पनि ।।३।। जिम्मेवार बनाउने र कसले अाफन्त प्यारो कति नेताको व्यवहार बोल्छ अझ झन् यस्तै अँध्यारो कति झण्डामाझ लुपुक्क भै बिहकमा ताली बजाए पनि फोस्रो सावित भो जुनै किसिमका नारा लगाए पनि ।।४।। कालो बादलले निलो गगन त्यो छेकेर राख्ला तर खुल्नैपर्दछ अाज एकदिन यो नितान्त खुल्दैन र ? पक्का हुन्छ हिसाब यो मुलुकमा दाह्रा लगाए पनि यो नै अन्तिम हुन्छ हुन्छ गफका नारा लगाए पनि ।।५।। - सन्दीप संग्रौला 'दिलदुखी' लालीगुराँस नगरपालिका-६, तेह्रथुम । हाल : मलेसिया । ( सन्दीप संग्रौला 'दिलदुखी'को यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :चैत्र १२, २०७५ मंगलवार - २०:४५:०५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend