Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

प्रकाश पाठक "योगी"का ५ दमदार मुक्तकहरु

प्रकाश पाठक "योगी"का ५ दमदार मुक्तकहरु

सतीश चापागाईं

१२, चैत्र २०७५
images
मुक्तक -१ मध्य रातमा खुसुक्क आयो कसरी भनूँ आमा ? "नकरा मार्दछु "-भन्दै धम्कायो कसरी भनूँ आमा ? नबोलूँ भने दाग लाग्छ, बोलूँ भने पाप लाग्छ ! दाइ आई पिठ्यूँ सुमसुमायो कसरी भनूँ आमा ?? मुक्तक -२ छरछिमेकका दाजुभाइले नै जालमा पार्न आतुर छन् कसरी भनूँ यहाँ,आफ्नै अस्तित्वलाई मार्न आतुर छन् अंहकार गरेर कुर्लिएपछि, जवानी उसै उर्लिएपछि आफ्ना भन्नेले नै छोरीचेलिकै वस्त्र उतार्न आतुर छन् । मुक्तक -३ कसो गर्नु , के गर्नु , भनी विचार गर्नु स्वभाविक हो सन्तानहरूको दु:खमा आँसु झर्नु स्वभाविक हो जब न्याय हराएको देशमा छोरी जन्मिन्छन् भने तब गाउँ-समाज र परिवारमा पीर पर्नु स्वभाविक हो । मुक्तक -४ भन्दिन कै'ले मैले हिरामोती अनि सुन भए हुन्थ्यो अनि सधैँ मीठा सुरिला संगीतका धून भए हुन्थ्यो बलात्कारको चपेटामा परेका छन् सधै नारीहरु बैहिनीले रुँदै भनिन् बरु उचित कानून भए हुन्थ्यो । मुक्तक -५ न्याय दिलाउन बसेकाहरु खै के-के काममा भुलिरहेछन् निर्दोषीलाई उल्टै अपराधी बनाई जेल हुलिरहेछन् यता सरकार कानमा तेल हालेर निदाएको अभिनय गर्छ हजारौं निर्मलाहरु बलात्कार गरी उता 'ठूलेहरु' डुलिरहेछन् । - प्रकाश पाठक "योगी" भरतपुर न. पा.- २३ जगतपुर चितवन, नेपाल हाल : दोहा कतार । ( प्रकाश पाठक 'योगी' का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :चैत्र १२, २०७५ मंगलवार - २०:५५:४२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend