Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मुक्तकमा नारी आवाज

मुक्तकमा नारी आवाज

सतीश चापागाईं

१२, चैत्र २०७५
images
  मुक्तक -१ आपकी यादेँ हवा कि तरह आती है और मेरी तनबदन को छू के जाती है जब डूबी रहती हूँ आपके खयालोँ मेँ लगता है खूद आइने भी शर्माती है । मानुषी रेग्मी घोराही दाङ् ...................................................................... मुक्तक -२ एउटा तारा झर्दैमा आकाश रित्तो हुँदैन एउटा फूल झर्दैमा ऋतु बित्दो हुँदैन एउटा रात अनिदोँ भयो त के भयो ? तिम्रा हर यादहरू कैले तीतो हुँदैन. - शकुन राई दार्जिलिङ्ग, भारत । .......................................................... मुक्तक -३ मीठा-मीठा सपनाहरू देख्नु पनि बेकार भयो उसलाई सन्चो भयो होला यता हृदय चिरफार भयो जसले सँगै जिउने-मर्ने कसम त्यो खाएको थियो मरणासन्न हुने गरी दिल चोरेर फरार भयो । - सफल गोले तामाङ रामेछाप, काठमाण्डौ । ........................................................................... मुक्तक-४ भ्रष्टाचार र घुसखोरी छिट्टै रोक्छु भन्छ सरकार समृद्ध नेपाल बनाउने समय तोक्छु भन्छ सरकार गफैगफले चलेको हाम्रो देश अाजभोली अाखिर, देशको भार सबै अाफैले नै बोक्छु भन्छ सरकार । - जयन्ता ज्वाला बुइपा, खोटाङ । ............................................................ मुक्तक -५ आज बन्द भोलि बन्द नेपाल सधैं बन्द, हजुरको चारैतिर राजनीतिको हावा मन्द-मन्द, हजुरको कहिले पनि भएन हाम्रो देशमा किन ? हो खै, गरिब जनतालाई सुख, शान्ति, आनन्द हजुरको । कविता घर्ती मगर सल्यान । संकलक : गोम बिक्रम [email protected] कल्लाबारी, पाल्पा । २०७५ चैत्र १३ ( यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :चैत्र १२, २०७५ मंगलवार - २१:०१:३० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend