Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल - अनवर अली 'अनु'

गजल - अनवर अली 'अनु'

सतीश चापागाईं

१३, चैत्र २०७५
images
  यो जिन्दगी नदि जस्तै हो निरन्तर बगिरहन्छ । हजारौँ समस्यहरुको बाबजुद पनि चलिरहन्छ । भाग्यले ठगेको हो भन्दै एउटा पिडित मान्छे सधैँ मन्दिर जान्छ र पत्थरमा शिर ठोकिरहन्छ । बा रुँदाखेरि कारण कहिल्यै सोधेन छोराले बा'का नजरले भने छोराको मुस्कान खोजिरहन्छ । ऊ पागल भएको हो उसले समय चिन्दैन बुझ्दैन छुट्ने बेलामा प्रेमीकाले दिएको घडी हेरिरहन्छ । आफू बाँच्नुलाई रोग ठान्छ तड्पिरहेको एक वृद्धले र यहाँ मर्ने हरेक मनिसलाई भाग्यमानी ठानिरहन्छ । सोचेको नपाइँदोरहेछ भनेर जति सम्झाए पनि मनै त हो साना कुराले नि घरीघरी दुखिरहन्छ । झापा गाउँपालिका -५ पन्थापाडा, झापा । ( यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :चैत्र १३, २०७५ बुधवार - २०:११:२४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend