मुक्तक -१ सुन्छु तिमीले चिन्नै छोड्यौ रे निष्ठूरी बन्दै बाटो मोड्यौ रे केही पल ओझेल के थिएँ हराई भनी सम्बन्ध तोड्यौ रे । मुक्तक -२ नबाेलेसम्म पछि पर्थ्याै उतिबेला माया देखायाै भाउ खाेज्थे जतिबेला अब तिमीबिना बाँच्नै सक्दिन भन्छु कठाेर बनी वास्तै गर्दैनाै यतिबेला । मुक्तक -३ दु:ख बेची मुस्कान किन्न पाए हुन्थ्याे समयसँग उमेर छिन्न पाए हुन्थ्याे रमणीय चाेला पाइदैन बारम्बार अजम्बरीकाे बुटी चिन्न पाए हुन्थ्याे । मुक्तक-४ जीवन एक प्रयास हो रे, जहिलेसम्म उभिन्छु म हर-हालतमा तिमीले चाहेका सबै चीज दिन्छु म लालच भन्ने भयङ्कर रोग, जति भए नि अपुग तिम्रो जीवन बन्छ भने मृगौला बेची पैसा किन्छु म । मुक्तक -५ वसन्तका हरियालीहरुसँगै झुम्मिएका ती यादहरु बारम्बार ऋतु परिवर्तन झैं बद्लिएका ती यादहरु सल्बलाइरहन्छन् छातीभित्र अमिट स्मरण सँग-सँगै न भुल्न, न त समेट्न सकिन्छ बल्झिएका ती यादहरु । - शर्मिला श्रेष्ठ ललितपुर, हाल : परदेश । ( शर्मिला श्रेष्ठको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)