Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

आस्था निरौलाका ५ दमदार मुक्तकहरु

आस्था निरौलाका ५ दमदार मुक्तकहरु

सतीश चापागाईं

१६, चैत्र २०७५
images
मुक्तक - १ पहिला आफैँ बचनले प्रहार गर्छौ फेरि मित्रताबाट हटाउन हतार गर्छौ आखिर मेरो एकलौटी दोष देखाएर कतिन्जेल मैमाथी अत्याचार गर्छौ । मुक्तक -२ प्रिय मुटु त्यो दिलमा सधैँ अटाउन सकूँ आत्मीय प्रेमको आभाष जनाउन सकूँ प्रेम गर्ने एउटा प्रेमीका बनेर नभइ हरेक दु:ख-सु:खमा मलम पट्टी लगाउन सकूँ । मुक्तक - ३ आँखाको तिम्रो तस्बिर भित्तामा टाँस्न सकिन जति प्रयास गरे पनि तिम्रा याद मास्न सकिन कोशिस गरेँ भुलेर तिमीलाई रमाइ जिउँछु भनी तिमीबिनाको जीवनमा कहिल्यै हाँस्न सकिन । मुक्तक - ४ बाँचेर के गरौं आँसु पिउँन सक्दिन जिउँदै मरेतुल्य भई जिउन सक्दिन दैव नै विरानो भएपछि के लाग्दो रैछ टुक्रेको यो मनलाई सिउन सक्दिन । मुक्तक - ५ उफ् ! दु:ख लाग्छ शहिदका स्तम्भ ढलेको देख्दा जताततै अन्याय र अत्याचार मात्रै बढेको देख्दा सकिएछन् पुराना पूरातात्विक सम्पदा पनि केही गर्न नसकी उच्च निकाय गलेको देख्दा । - आस्था निरौला इलाम . न. पा. - २ भानुपथ । हाल : गोङ्गबु, काठमान्डौ । ( आस्था निरौलाका यी मुक्तकहरु  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :चैत्र १६, २०७५ शनिवार - २०:३६:४८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend