Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

विश्वासको बन्धन (कविता) - अर्जुन शर्मा निरौला

विश्वासको बन्धन (कविता) - अर्जुन शर्मा निरौला

सतीश चापागाईं

१७, चैत्र २०७५
images
  अनायासै फुस्कियो विश्वासको सात फेरे विश्वासले बाँधिएको ।। गलत बुझाबुझको हुरीले उड़ायो सपनाहरू टुट्यो मनका बाँधहरू ।। झरे होलान् गोहीका आँशुहरू भिजे होलान् परेलीहरू तिम्रा पनि मेरा जस्तै ।। मेरो र तिम्रो आँशुहरूमा कहीॅ हाँसो कहीॅ रोदनहरू !! आखिर वनकी चरी भूर्रर उड़ी एउटा आसक्त बूढो रूख ढल्यो त के भो र ? भूर्रर उड़्यौ होली तिमी अर्को रूखको हाँगोमा ।। तिम्रो मधुर कण्ठ सुन्दर रूप मोहित भए होलान् वनका चराहरू ।। ढलेको रूख पुरानो बास भवन आखिर अफालिन्दो न हो ? ? यति ठूलो संसारमा मेरो यो सानो मायाको पोकोले विश्वास जित्न सकेन कहिले ! तिम्रा मनका आँगनमा पाइलो राख्ने ठाउँ भएन मलाई ।। मन्दिर जति चाहारे पनि ईश्वर आखिर एउटै हुन्छ भक्ति भावमा स्वार्थपन रहें आत्मा सन्तुष्टी नमिल्दो कहिले ।। गोहीको आँशु झर्ला एक दिन तिमीले पनि भोग्नै पर्ला ।। छेउको सियो माझैमा चरी ! आखिर एक दिन पखेटा गल्छ जवान छु भन्छ, बाँसको टुसो आकाश ताक्छ छुन्छु भनी ।। तिम्रो मनको एउटा कुना सँधै यसलाई रिक्त राख्नु ।। गोही आँशु रूँदा फेरी आफैंलाई बस्नु हुन्छ ।। यति ठूलो संसारमा एउटा अभागी रूँदै जिउँछ ।। ~~~ गीतखोला, कालेबुङ, भारत । (भारतको कालेबुङस्थित गीतखोलाका अर्जुन शर्मा निरौलाको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :चैत्र १७, २०७५ आइतवार - ०८:५६:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend