१७, चैत्र २०७५
मुक्तक -१
जनताले बुझ्नैपर्छ सितिमिति, कसैले गर्दैन
उखेल्ने प्रयास एउटा कुरिती, कसैले गर्दैन
गरेका हुन, धनसम्पत्ति मान-सम्मानको लागि
हेर्नुस !जोगी हुनलाई राजनीति, कसैले गर्दैन ।
मुक्तक-२
गरियो कसैको दिल चोरी, हतार-हतारमा
कसियो मायाको डोरी, हतार-हतारमा
फेसबुके प्रेमीकालाई, बोलाएथेँ भेट्नलाई
आइन् बोकेरै छोरा-छोरी, हतार-हतारमा ।
मुक्तक -३
सधैं पीछा गर्ने नकाबधारी, यही हो वकिल सा'ब
गाउँका महिला व्यापारी, यही हो वकिल सा'ब
चिच्याउँदै अदालतमा, मृतात्माले बयान भन्यो
मेरो ज्यान लिने बलात्कारी, यही हो वकिल सा'ब ।
मुक्तक -४
सोचेर भन्दै छ यो मन, चिलाएको जस्तो छ
देख्छु, आज भोलि झन, चिलाएको जस्तो छ
सधैँ मलाई हेपिरहँदा, मेरो सीमाना चेपिरहँदा
लाग्छ, छिमेकीको गर्धन, चिलाएको जस्तो छ ।
मुक्तक -५
अरे एउटै कुरा बारम्बार, भनी रहन्छिन्
छिन्ने नै गरी मनको तार, भनी रहन्छिन्
बुढेसकालमा बनाकी, प्रेमीकाले मलाई
छौ कि छैनौ तिमी कुमार,भनी रहन्छिन् ।
अस्मित थापा, दोलखा ।
(अस्मित थापाका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)
प्रकाशित मिति :चैत्र १७, २०७५ आइतवार -
०९:००:०५ बजे