Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

प्रेस युनियन बेलायतको प्रथम अधिवेशन लण्डनमा सम्पन्न, बिपिन निरौलाको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत

प्रेस युनियन बेलायतको प्रथम अधिवेशन लण्डनमा सम्पन्न, बिपिन निरौलाको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत

सतीश चापागाईं

१८, चैत्र २०७५
images
लण्डन। नेपाल प्रेस युनियनको बेलायतको प्रथम अधिवेशन आइतवार सम्पन्न भएको छ । लण्डनको प्लमस्डेटमा भएको अधिवेशनबाट बिपिन निरौलाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमितिको सर्वसम्मतले चयन भएको छ । नेपालमा लोकतान्त्रिक धारका पत्रकारहरुको संगठनको बैदेशिक शाखाहरुमध्ये बेलायत शाखा दोश्रो हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा खेमराज रानाभाट र एभरेस्ट गौतम, सचिबमा मन्दीप केसी, प्रवक्तामा भीम खरेल सहसचिबमा कृष्णा भण्डारी र कोषाध्यक्षमा सन्तोष भट्टराई निर्वाचित भएका छन् । त्यस्तैगरी सदस्यहरुमा खुशी लिम्बु, दयालु देवकोटा, लालमणी भट्टराई, सवेन्द्र अधिकारी, मिलन शर्मा, सुरेन्द्र रुपाखेती, जेनी भट्टराई, रोमियन लिम्बु र सिमी पुन निर्वाचित भएका छन् । अधिवेशनले सञ्जयभक्त कंडेल, राजन खकुरेल, हेमन्त सेढाईं, शिव भण्डारी, उपेन्द्र पौडेल, विनय अधिकारी र कुश बस्नेतलाई युनियनको महाधिबेशन प्रतिनिधिमा चयन गरेको छ । बिपिन निरौलाको अध्यक्षतामा बसेको अधिवेशनको उदघाटन सत्रमा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले पत्रकारिता र बेलायतमा सिकेको ज्ञान, सीप र अनुभव नेपालसंग जोड्न बेलायतमा क्रियाशील प्रेस युनियनमा आवद्द साथीहरुको अहम भूमिका रहने कुरा बताए । कार्यक्रममा नेयाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङले बेलायतमा क्रियाशील प्रेस युनियनका सदस्य र जनसम्पर्क समिति बेलायतमा आवद्द सम्पूर्ण सदस्यहरुले आफ्नो मातृपार्टी नेपाली कांग्रेसलाई समय अनुसार सहयोग र आवश्यक सुधारका लागि पहल गर्न एक जुट भई कार्य गर्नुपर्ने बताए । कार्यक्रमका हाल बेलायत भ्रमणमा रहेका प्रदेश नम्बर ३ का सांसद बिजुला बर्मा, नेपाली राजदुतावासका उपनियोग प्रमुख शरदराज आरन, एनआरएनए उपाध्यक्ष कुल आचार्य, नेपाल पत्रकार महासंघका महासचिब रमेश बिस्ट, नेपाल प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारी, महासचिब अजय बाबु शिवाकोटी र नेपाल पत्रकार महासंघ यूके शाखाका अध्यक्ष नरेश खपाँगीले नेपाल प्रेस युनियन बेलायतको प्रथम अधिवेशनको सफलताको शुभकामना ब्यक्त गरे । अधिवेशनमा नेपाली जनसम्पर्क समिति बेलायत, एनआरएनए यूके, नेपाल पत्रकार महासंघ बेलायत शाखा लगायत बेलायतस्थित अन्य बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । हाम्राकुरा डटकमबाट

images
प्रकाशित मिति :चैत्र १८, २०७५ सोमवार - ०८:३९:३९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend