Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

उर्मिला कार्कीका ५ चोटिला मुक्तकहरु

उर्मिला कार्कीका ५ चोटिला मुक्तकहरु

सतीश चापागाईं

२२, चैत्र २०७५
images
  मुक्तक-१ अनगिन्ती मान्छेमा मन छुने काेही काेही अाँखा राेए पनि हृदय रुने काेही काेही अापत र दु:ख पर्दा अाफ्नाे भन्ने पनि, सबै टाढा हुने नजिक हुने काेही काेही । मुक्तक-२ म अभावकाे अागाेमा जलेँ भने सम्झिरहनू म मायाकाे दियाेमा बले भने सम्झिरहनअं तिमी संघर्षकाे उकालाेमा लम्केर हिँडे पनि म कतै दाेबाटाेमा ढले भने सम्झिरहनुू । मुक्तक-३ मान्छेकाे याे बाेली के हाेला थाहा छैन दशै तिहार हाेली के हाेला थाहा छैन सबै कुरा अनिश्चित अप्रत्याशित छन् खै जीवनमा भाेली के हाेला थाहा छैन । मुक्तक-४ प्रीतिकाे बिरुवा सार्नेहरु धेरै छन् अथाह चोट मुटुमा पार्नेहरु धेरै छन् नचाहँदा नचाहँदै पनि जिन्दगीमा हात समाई नदि तार्नेहरु धेरै छन् । मुक्तक-५ तिमी मेरै हाौ भनी रुन नखाेज खबरदार उर्मी नजिक हुन नखाेज कति मेरै निम्ति मरिहत्ते गर्छौं दाग लाग्ला उर्मीलाई छुन नखाेज । - उर्मिला कार्की गड्यौली , चितवन । ( उर्मिला कार्कीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :चैत्र २२, २०७५ शुक्रवार - १९:३२:४६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend