Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

निर्मल रमण पराजुलीका ५ मुक्तकहरु

निर्मल रमण पराजुलीका ५ मुक्तकहरु

सतीश चापागाईं

२४, चैत्र २०७५
images
  मुक्तक - १ आमाको गुन देख्छन् सबै, बाबु ओझेल परेकोछ बाबुले पनि सन्तान भनी, कति दु:ख गरेकोछ अरुको लाख आमाको , काख भन्छन सबै तर बाबुले पनि सन्तान बोक्दा, काँधको छाला मरेकोछ मुक्तक - २ गाह्रो मान्छन् सँगै राख्न, एउटी आमा अटाएर हेला गरी आमा खेद्छन, घरको सँघार कटाएर देवी-देउता राखी घरमा, पूजा गर्छन् मान्छेहरु जन्म दिने आफ्नी आमा, बृद्ध आश्रम पठाएर । मुक्तक - ३ तिमी अनि जून हाँसेको, रात उस्तै उस्तै लाग्छ मेरो प्राण अनि तिम्रो, साथ उस्तै उस्तै लाग्छ हिलोभित्र पनि सधै, हाँसी-हाँसी फूल्न सक्ने तिमी अनि त्यो कमलको, जात उस्तै उस्तै लाग्छ । मुक्तक - ४ घरमा बुहारी आएपछि, भान्छा भिन्न-भिन्न भयो जग्गा जमीन धन-सम्पत्ति , सबै छिन्न-विन्न भयो छोरा पाउँदा मख्ख पर्थे, सुख होला भन्ने ठान्थे अचेल छोरै बोल्न छोड्यी ,मनै खिन्न-खिन्न भयो । मुक्तक - ५ सारै मुटु दुख्यो आज, शायद चिरा परेकोछ जति रोक्न खोज्छु आँशु, उति उति झरेकोछ सन्तानले फालेको बाबु, सडकमा अलपत्र देखेपछि अब कहिल्यै बाबु बन्दिन्, मेरो रहर मरेकोछ - निर्मल रमण पराजुली सामाखुशी, काठमान्डौ । मो -9851025387 Email - [email protected] ( - निर्मल रमण पराजुलीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :चैत्र २४, २०७५ आइतवार - ०९:३७:०२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend