Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

दयाराम शर्माका ५ चोटिला मुक्तकहरु

दयाराम शर्माका ५ चोटिला मुक्तकहरु

सतीश चापागाईं

२५, चैत्र २०७५
images
  मुक्तक -१ रहर छ बरालिन वसन्तका छालहरुमा डुबिरहेछ जिन्दगी पीडाका तालहरुमा कसैको कहिल्यै कुभलो चिताइन सत्य पाइला पर्छन् निच सोचका जालहरुमा । मुक्तक -२ मैले पसिना पोखेँ र मायाको रङ्ग भरेँ भविष्यको रेखासँगै कोरेँ उमङ्ग छरेँ कसैले झुपडी भनिदिए बेअर्थको तर द्यौताले दिएको वरदान यसमै दङ्ग परेँ । मुक्तक -३ खबर बोकेर लैजाने बादलुको गाउँ भएन सँधै उजाड, उराठ छ जीवन तलाउ भएन भुरुरु उडेर आउँछन् यादका चिर्बिरे चरा सापटी मुस्कान र तस्विर बस्ने ठाउँ भएन । मुक्तक - ४ एक सर्को जिन्दगी, धुँवासँगै उडीगयो पलभरको यात्रामा, हर्न बज्यो गुडीगयो घुमे केही रहरहरु, अल्झाई मन वरिपरि मुठ्ठीको स्वास पनि, धागोसरी चुँडीगयो । मुक्तक - ५ फूल देखाई छुरा धस्छन्, पत्थर मुटु हुनेहरु आफ्नै गोजी भरी बस्छन्,देखावटी रुनेहरु बा-आमा दाजुभाइको आँखामा छारो हाली धनको कुम्लो कस्छन्, भावनाले मन छुनेहरु । - दयाराम शर्मा नवलपरासी -१२ हर्कपुर हाल : कञ्चनपुर १० झलारी । (दयाराम शर्माका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :चैत्र २५, २०७५ सोमवार - २१:५८:०७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend