Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

निशा के.सी.का चोटिला पाँच मुक्तकहरु

निशा के.सी.का चोटिला पाँच मुक्तकहरु

सतीश चापागाईं

२६, चैत्र २०७५
images
मुक्तक -१ कसरी भनुँ तिमीलाई प्रेमकाे चुली दिन चाहन्छु जब भन्छाै प्रिय यादहरूलाई नै भुली दिन चाहन्छु साँच्चै तिमी बुद्ध भयाै भनेँ नि, उपहारमा तिमीलाई मेराे नाकमा चम्किरहेकाे, हीराकाे फुली दिन चाहन्छु । मुक्तक -२ हराउँदै गएका डाली र डाेकाहरू देखेर ढाेकामा झ्याल झ्यालमा ढाेकाहरू देखेर खादा बेच्ने पसल खाेलूँ झैँ लाग्छ अचेल ताली र सम्मानका धेरै भाेकाहरू देखेर । मुक्तक -३ मुस्काउँछ एकैबाेटमा काँडा पनि फूल पनि कसैलाई चन्दन हुन्छ, सडककाे धूल पनि समयकाे चक्र राम्राे घुमीफिरी पक्कै अाउँछ एकैनास रहिरहँदैन फेवातालकाे मूल पनि । मुक्तक - ४ हरदम मैसँग रहने एउटा चित्र खाेजिरहेछु नसाेच्नू म कुनै त्यस्ताे बिचित्र खाेजिरहेछु मान्छेहरूकाे भीडमा मान्छे हराउने डरले अचेल उसलाई म स्वयंभित्र खाेजिरहेछु । मुक्तक - ५ रूझ्दै अायाै झरीमा र, रूझाएर गयाै नजरकाे प्यास पलभरमै बुझाएर गयाै तिखारियाे प्रेम, नि:शब्द हुँदा-हुँदै पनि भन न कसरी मन घाेटी धार उज्याएर गयाै ? - निशा के.सी. काठमाण्डौं । (निशा केसी "मुक्तक सागर" त्रैमासिककि सम्पादक समेत हुनुहुन्छ । निशा के.सी.का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :चैत्र २६, २०७५ मंगलवार - ०८:०१:३८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend