Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल - साहित्य प्रेमी यमराज खड्का

गजल - साहित्य प्रेमी यमराज खड्का

सतीश चापागाईं

२७, चैत्र २०७५
images
  जङ्गलमा लागेको आगोलाई रोक्नुपर्छ हामीले भित्री मनमा पिर बाहिर व्यथा बोक्नुपर्छ हामीले । जिन्दगीमा सफरको शुभ-कामना भईसक्यो त्यहीँ यात्राको अन्तिम दिन तोक्नुपर्छ हामीले । देशमा सबैको सम्झौता हो जो जस्तो भए पनि देश बिगार्ने चोरलाई समातेर ठोक्नुपर्छ हामीले । जिन्दगीले सिकाको, पाठ बिर्सिनाले गर्दा खेरि एक अर्खाको दु:ख सम्झिएर घोक्नुपर्छ हामीले । मुटुका कुनामा चस्स लाग्यो देब्रे पाटो छातीमा समयमै रोकिन्छ कि धड्कन खोक्नुपर्छ हामीले । - साहित्य प्रेमी यमराज खड्का गोदावरी नगरपालिका - १ अतरिया, कैलाली । हाल : भारत । (साहित्य प्रेमी यमराज खड्काको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :चैत्र २७, २०७५ बुधवार - १८:५०:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend