२७, चैत्र २०७५
मुक्तक-१
जसरी नि ल्याउँछु त्यसको काल, आगो लगाएर
खरानी बनोस् बरु आफ्नो पराल, आगो लगाएर
लाटोले पनि ठूलो आवाजमा, यसरी बोल्न थाल्यो
पखेटाबिनाको बनाउँछु 'अरिङ्गाल', आगो लगाएर ।
मुक्तक-२
यो दुनियाँलाई के दिन्छ, धुँवा बनेपछि ?
आफूलाई के सम्झिन्छ, धुँवा बनेपछि ?
मान्छेले, यो गर्छु त्यो गर्छु भन्दा भन्दैमा
जीवनलीला पुरै सकिन्छ, धुँवा बनेपछि ।
मुक्तक-३
मान्दै मान्दैन यो सरकार, लाखौं जनताले भन्दा पनि
माछो माछो भ्यागुतो भो, अपराधी खोज्ने धन्दा पनि
बलात्कारीलाई फाँसी त के ? समाउन नि सक्या छैन
कति कोपिला दनादन, निर्मला बन्दा पनि ।
मुक्तक-४
कहिले सताउँदै त कहिले, फकाउँदै हिंडाउँछ्न्
अनि कपोलकल्पित सपना, बताउँदै हिडाउँछ्न्
हात समाएर हिडाउँने, बा-आमा मात्रै हुन् यहाँ
अरुले त आफ्नो वरिपरि, नचाउँदै हिंडाउँछ्न् ।
मुक्तक-५
कम्जोर हुन्छ जब विश्वासको बुटी, महिलाबाट
अनि रित्तिन्छ सबै इमानको ढुकुटी, महिलाबाट
पुरुषले महिलाको, शरीर मात्रै नङ्ग्याउन सक्ला
पुरुषको पूरै जिन्दगी नाङ्गिन्छ एउटी, महिलाबाट ।
- अस्मित थापा
मेलुङ गाउँपालिका-२, दोलखा ।
(अस्मित थापाका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)
प्रकाशित मिति :चैत्र २७, २०७५ बुधवार -
१८:५९:४५ बजे