Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल - बुद्धि राना 'फैलर'

गजल - बुद्धि राना 'फैलर'

सतीश चापागाईं

२७, चैत्र २०७५
images
  माटोलाई ढुङ्गा र ढुङ्गालाई माटोको भर र त बटुवालाई हिंड्दा सधैं बाटोको भर । नगर घमण्ड एकरत्ति नि नगर किनकी, दुई छाक टार्नलाई चामल, आटोको भर । एक हातले ताली बज्दैन भन्छन् पक्कै यहाँ प्रत्येक वस्तुलाई दुई पाटोको भर । साँझ बिहान हातमुख जोर्न कठिन छ भन्छन् गरिब गाउँलेलाई साटोको भर । सहाराबिना सजिव वस्तु बाँच्दैन र त लाटोलाई बाठो बाठोलाई लाटोको भर । बनगाड कुपिण्डे न.पा.- ५ सल्यान । ( बुद्धि राना 'फैलर' को यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :चैत्र २७, २०७५ बुधवार - १९:४६:३० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend