२९, चैत्र २०७५
कतै मन साटेको भेटी, कतै मन फाटेको भेटी
जहाँ जसलाई भेटे पनी, आफन्तले ढाँटेको भेटी
कतै आफन्त जुटेको भेटी, कतै आफन्त छुटेको भेटी
जहाँ जसलाई भेटे पनी, आफ्नाले नै लुटेको भेटी
कतै सुख दिएको भेटी, कतै दुख दिएको भेटी
जहाँ जसलाई भेटी पनी, आफन्तले नै रूवाई दिएको भेटी
कतै ओठको हाँसो भेटी, कतै आँखामा रोदन भेटी
जहाँ जलाई भेटे पनी, आफन्तले नै पिंडा दिएको भेटी
कतै महलको बास भेटी, कतै झुपडीको बाँस भेटी
जहाँ जसलाई भेटे पनी, आफन्तले नै दिएको निरासा भेटी
कतै भोजनको भान्छा भेटी, कतै खाली पेटमा कान्छा भेटी
जहाँ जसलाई भेटे पनी, आफन्तले दिएको अशान्त भेटी
कतै मनको धनी भेटी त, कतै धनको गरिब भेटी
जहाँ जसलाई भेटे पनी, आफन्त नै हरिप देखी
कतै स्वस्थ शरिर भेटी, कतै शरिर बिमार भेटी
जहाँ जसलाई भेटे पनी, आफन्त नै हराम देखी
बाल्टिमोर, अमेरिका
प्रकाशित मिति :चैत्र २९, २०७५ शुक्रवार -
१८:५९:०२ बजे