Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

तामिता राईका ५ चोटिला मुक्तकहरु

तामिता राईका ५ चोटिला मुक्तकहरु

सतीश चापागाईं

२, बैशाख २०७६
images
मुक्तक - १ कस्तो हाेला उसकाे मन उपहार पठाएछ, जटिल अवस्थामा हाे झन् उपहार पठाएछ, म बिरामी छु भन्ने खबर पाएर हाेला शायद मेराे साथीले किनेर कफन उपहार पठाएछ । मुक्तक - २ मन परेकाे एउटा फुल झर्याे भनी मन बुझाए, जिन्दगीले अर्को परीक्षा गर्याे भनी मन बुझाए तिमी गएर कुनै असर पर्याछैन मलाई प्रिय, थियाे एक स्वार्थी प्रेमी मर्याे भनी मन बुझाए । मुक्तक - ३ किन साेध्छाै हर-बखत खरानी घसेकीहुँ देखिरा'छाै मेराे हालत खरानी घसेकीहुँ मान्छेहरु सबै राक्षस् बन्दै गएपछि यहाँ जाेगाउनलाई मैले ईज्जत खरानी घसेकीहुँ । मुक्तक - ४ अङ्गाल्नु उसलाई अनि बिर्सिदिनु मलाई भलाे हुन्छ, तिम्रो पनि बिर्सिदिनु मलाई, मन परेकाे सबै कुरा भाग्यमा कहाँ हुन्छ र ? याे समय हाे दाेषी भनी बिर्सिदिनु मलाई । मुक्तक - ५ फरक छैन कत्ति नि यार उस्तै उस्तै लाग्छ, नियाल्छु दुवैकाे व्यवहार उस्तै उस्तै लाग्छ, पूरा नगर्ने सपना मात्रै देखाइदिने ठूला ठूला याे प्रेमीहरु र हाम्रो सरकार उस्तै उस्तै लाग्छ।। - तामिता राई 'चाँदनी' हलेसी तुवाचुङ न.पा.- ७ हलेसी, खाेटाङ । ( तामिता राई 'चाँदनी' का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :बैशाख २, २०७६ सोमवार - २३:२७:२४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend