Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

शकुन राइका केही हाइकुहरु

शकुन राइका केही हाइकुहरु

सतीश चापागाईं

२, बैशाख २०७६
images
  जीवन मृत्यु संघर्षशील युद्ध शाश्वत सत्य -१ सुनको फूल चाँदीका पातहरू मग्न प्रकृति -२ मुहारैभरि छापैछाप छोडेर भागेछ बैंश -३ साँझको घाम उमेरको हिसाब इंगित गर्छ -४ रोकिन्छ घडी सुल्किरहन्छ आयु बालुवा कण -५ जल्दैन दीयो पानी पानी छ मन अँध्यारो कोठा -६ ए नयाँ वर्ष कति धेर अमर्ष दे केही हर्ष -७ ज्यान गुमाइ नवसृष्टि रच्दछिन् अपूर्व नारी -८ ढल्केको रूख पानीमा हेर्छ बिम्ब बाङ्गाको बाङ्गै -९ सकिँदो युग घरैभित्र संसार कैदी प्रकृति -१० - शकुन राई मिरिक, दार्जिलिङ्ग, भारत । ( शकुन राईका यी हाइकुहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :बैशाख २, २०७६ सोमवार - २३:३२:५५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend