Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

रेश्मा रानाका ५ चोटिला मुक्तकहरु

रेश्मा रानाका ५ चोटिला मुक्तकहरु

सतीश चापागाईं

२, बैशाख २०७६
images
  मुक्तक -१ चिनो तस्विर छुने फुर्सद कहाँ छ र ? तड्पी छट्पट हुने फुर्सद कहाँ छ र ? घाँस काट्नु छ यार गोबर सोहोर्नु छ तिम्लाई सम्झी रुने फुर्सद कहाँ छ र ? मुक्तक -२ व्यर्थै जुध्ने बहाना खडा गर्छे भने रुखो वचनले प्रहार कडा गर्छे भने बुझ्नुस्,श्रीमतीको चाला ठिक छैन साना-साना कुरामै झगडा गर्छे भने । मुक्तक -३ साह्रै तीखा हुन थाले बचन हजुरको ? अन्तैतिर साटियो कि मन हजुरको ? आफै बस्या दिलमा आगो लगाउनु भो कसोगरी गरुँ मैले जतन हजुरको ? मुक्तक -४ सम्झनामा हरेक पल प्रेम अधिक थियो ज्यान टाढा भए पनि मन नजिक थियो सँगै बस्दा खै किन हो दिनहुँ कलह भो बरु कान्छा तिमी खाडी हुँदै ठिक थियो । मुक्तक -५ शरीरबाट निकालेर घाममा सुकाउनुछ जसरी नि एकफेर घाममा सुकाउनुछ जताततै तिम्रै नाम लेखिएको मेरो मुटु धुनु छ र, निचोरेर घाममा सुकाउनुछ । - रेश्मा बुने गोलन्जोर ४ तिनकन्या, सिन्धुली । ( रेश्मा बुनेका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :बैशाख २, २०७६ सोमवार - २३:३६:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend