Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कलम (कविता ) - सोभी लोरुङ

कलम (कविता ) - सोभी लोरुङ

सतीश चापागाईं

८, बैशाख २०७६
images
  जब जब शुन्यताले छोपीदिन्छ सहारा बनी दिन्छ एउटा कलम मनको भाव बोकीदिन्छ एउटा निर्जीव कलम ठहर छैन मनको तर पनि शब्द दिन्छ यो कलम सबै टाडा भए पनि मायालुको जिम्मेवारी उठाई दिन्छ कलम सिरानीमुनि सदैव राखेको नै हुन्छु प्राण भन्दा प्यारो कलम मेरो जिउने उद्देश्य नै बनेछ अब त सानो सुन्दर कलम मध्यरातमा ब्युँझिदा नि साथमा नै हुन्छ मेरो प्यारो कलम एक्लोपनको सहारा नै बनेछ है अब त हृदय छुने यो कलम भँडास निकाल्नु नि मेरो लागी सजिलो भयो अब कलम पहिला के नै थिएँ म तर आज सबैलाई चिन्ने भयो मेरो कलम ।। - सोभी लोरुङ मिरिक बजार, दार्जिलिङ्ग, भारत । ( - सोभी लोरुङको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :बैशाख ८, २०७६ आइतवार - ०७:३२:३८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend