Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नारी हु म सृष्टिको दिल भित्र अटाउन सक्छु (गजल) -मन गहिरे

नारी हु म सृष्टिको दिल भित्र अटाउन सक्छु (गजल) -मन गहिरे

सतीश चापागाईं

८, बैशाख २०७६
images
नारी हु म सृष्टिको दिल भित्र अटाउन सक्छु नासो तिम्राे मेरै काख राखी दिन कटाउन सक्छु चाहे झरुन आखाबाट आशुका ती धाराहरु लागेका चोटहरु दिल भित्रै खटाउन सक्छु बरु आफै नरहे नि प्राण तिमिलाई भर्दा भर्दै सन्तानमा सुख छर्न आफैलाई घटाउन सक्छु नारी भए सब छ यहाँ नभए नि सृष्टि कहाँ आमा हुँ म जन्म दिने सत्य कुरा रटाउन सक्छु कमजोर कहिल्यै नठान जननीकाे बर्ग भनी बैरी अाई जाई लागे डाडा काटी हटाउन सकछु तानसेन ,पाल्पा २०७५/१२/१७

images
प्रकाशित मिति :बैशाख ८, २०७६ आइतवार - १३:३४:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend