Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

२०७५ ले गुमाएका कलाकर्मी

२०७५ ले गुमाएका कलाकर्मी

सतीश चापागाईं

८, बैशाख २०७६
images
असोज १४ गते फिल्म निर्देशक, निर्माता, लेखक, गीतकार तथा साहित्यकार गगन श्रेष्ठ (विरही) को ६१ वर्षको उमेरमा निधन भयो। अचानक स्वास्थ्यमा समस्या आएपछि नर्भिक अस्पतालमा भर्ना गरिएका उनी २ वर्षअघि कलेजोमा समस्या भएपछि स्वास्थ्य उपचारपश्चात् सामान्य भई घर फर्केका थिए। २ वर्षपछि अचानक रुघाखोकी लागेकाले अस्पताल पुर्याइएको थियो। स्वास्थ्य उपचारका क्रममा निमोनिया भएको र मृगौलामा समेत असर परेको पाइएको थियो। – असोज २३ गते अभिनेता, निर्माता तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको अल्पायुमै निधन भयो। आफैंले काट्न लगाएको घरअगाडिको रुख र बिजुलीको पोलले किच्दा ५८ वर्षको उमेरमा असामयिक निधन भएको थियो। –कात्तिक २३ गते नेपाली फिल्मका पुराना निर्माण नियन्त्रक गेहेन्द्र धिमालको उपचारका क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भयो। उनको हृदयघातका कारण ७३ वर्षको उमेरमा निधन भएको थियो। – कात्तिक ३० गते दोलखाको बिगु गाउँपालिका–३ बुलुङमा आफ्नैै ट्याक्टरले किचेर लोकगायक अमृत तामाङ योञ्जनको मृत्यु भयो। बुलुङको भिमुनी भन्ने ठाउँमा ढुंगा लोड गरी ब्याक गर्ने क्रममा ट्याक्टर दुर्घटना हँुदा ट्याक्टर साहुसमेत रहेका लोकगायक ४४ वर्षीय योञ्जनको घटनास्थलमै मृत्यु भएको थियो। – पुस १३ गते लोकगायक बुद्धिकृष्ण लामिछानेको ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भयो। लामो समयदेखि अस्वस्थ भई निवासमै थला परेका उनी चाँगुनारायण नगरपालिका–७ स्थित आफ्नै निवासमा लामो समयदेखि पक्षाघातलगायत विभिन्न रोगले थलिएका थिए। घाँस काट्ने खुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर, फाटेको दौरा लाएर खोले सिस्नु खाएर, बाखरी बाखरीजस्ता जीवन्त गीतका गायक लामिछानेको पछिल्लो समय निमोनियाको समेत उपचार भइरहेको थियो। – माघ ७ गते अभिनेता गणेश न्यौपाने मुनालको उपचारका क्रममा राजधानीको वीर अस्पतालमा निधन भयो। दर्जनौं नाटक, टेलिफिल्म र फिल्ममा अभिनय गर्दै आएका उनी केही समयदेखि अस्वस्थ थिए। २०५२÷०५३ सालदेखि कलाकारितामा होमिएका मुनालले नेपाल टेलिभिजनबाट प्रसारण हुने उज्यालोतिर नामक टेलिसिरयलबाट अभिनय यात्रा शुरू गरेका थिए। – माघ १८ गते अभिनेता बीएस राणाको ७८ वर्षको उमेरमा निधन भयो। उपचारका क्रममा काठमाडौंको टिचिङ अस्पतालमा राणाको निधन भएको हो। केही समयदेखि अस्वस्थ रहँदै आएका राणाको मुटुमा समस्या देखिएको थियो। २०४१ सालमा तुलसी घिमिरेको निर्देशन र विश्व बस्नेतको निर्माणमा बनेको फिल्म अन्यायबाट फिल्म क्षेत्रमा पाइला राखेका उनले ५ दर्जनभन्दा बढी फिल्म, सिरियल तथा विज्ञापनमा अभिनय गरेका छन्। – चैत २५ गते गायक तथा संगीतकार कमल क्षेत्रीको ७७ वर्षको उमेरमा निधन भयो। शास्त्रीय संगीतमा निपूर्ण संगीतविज्ञ क्षेत्री लामो समयदेखि अस्वस्थ थिए। १९९८ सालमा काठमाडौंमा जन्मेका क्षेत्री २०२७ सालदेखि सांस्कृतिक संस्थानमा कार्यरत थिए। उनको संगीतमा तयार भएका धेरै गीतिनाटक संस्थानमा छन्। क्षेत्रीले मुनामदनमा सहायक संगीत निर्देशन र स्वरसमेत प्रदान गरेका छन्। शिव ताण्डव नृत्य नाटिकामा समेत संगीत दिएका क्षेत्रीले प्रयाग संगीतका लागि इलाहवादबाट परीक्षा दिनेहरूका लागि महत्वपूर्ण योगदान दिँदै आएका थिए।

images
प्रकाशित मिति :बैशाख ८, २०७६ आइतवार - १३:४७:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend