Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

स्वयं सेवकहरुको कडा मेहेनतले सम्पन्न भयो हाम्रो योजना -श्याम कार्की

स्वयं सेवकहरुको कडा मेहेनतले सम्पन्न भयो हाम्रो योजना -श्याम कार्की

सतीश चापागाईं

२८, श्रावण २०७५
images
तस्बिर: श्याम कार्कीको फेसबुकबाट मेरा प्रिय स्वयंसेवक मित्रहरु, महापुराण भब्य रुपमा सम्पन्न भएको छ । यो सबै हरेक दिन तपाईहरुले गरेको कडा मेहेनतको परिणाम हो । तपाईहरु पहिलो दिन मै त्यही हुनुहुन्थ्यो जतिबेला हामीले महापुराणको आवश्यकता बारेमा छलफल गरेका थियौं र यो सम्पन्न गर्ने निधो गरेका थियौं । र तपाईहरु नेपाल हाउसमा पण्डितसंग छलफल गर्दै बिधिबत टिका ग्रहण गरेर महापुराणको सम्झौता गरेका बेलामा पनि त्यहीं नै हुनुहुन्थ्यो ।   मैले सम्झिरहेको छु क्रफ्टनको बैठक, जहाँ तपाईहरुले मलाई यो सबै कार्यक्रमको संयोजक रुपमा जिम्मेवारी दिनु भएको थियो र मैले ईच्छा नहुँदा नहुँदै त्यो जिम्मेवारी लिएको थिएँ । हामीले कुनै पद बांडफांड नगरी सबै जनाले स्वतन्त्र स्वयंसेवक भएर कामगर्ने मौखिक सहमति पनि भएको थियो, त्यसैले त्यो संयोजक हुन मैले ईच्छा नगरेको । पद बिनाको स्वयंसेवक हुँदा म धेरै नै खुशी थिएँ । यो पटक जे पद सिर्जना गरियो त्यो तत्कालिन भौतिक आवश्यकताले सिर्जना गरेको क्षणीक हो । म फेरी पनि स्वयंसेवक नै हुं । यहि शब्द मेरो लागि पवित्र र महत्वपुर्ण छ ।   तपाईहरु मेरो घरमा भएको पहिलो बैठकमा हुनुहुन्थ्यो जब मैले सात दिनको कार्यतालिका तयार गरेर बिभिन्न उप समितिहरु बनाएको थिएँ र जिम्मेवारी बांडफांड गरेको थिएँ । तपाईहरु माउन्ट एभरेष्टमा हुनुहुन्थ्यो जहाँ एउटा ठुलो समुहमा हामीले कार्यक्रम कसरी सफल बनाउने भनेर बिभिन्न ब्यक्तिहरुको सुझाब लिएका थियौं ।   तपाईहरु त्यहाँ हुनुहुन्थ्यो जहाँबाट हामीले हरेक महिना एक पटक भेट्ने र कलश यात्राको बारेमा योजना बनाउने योजना बनाएका थियौं । अप्रिलमा किन गर्न हुन्न भनेर छलफल गर्दा पनि तपाईहरु त्यहाँ हुनुहुन्थ्यो । अदालतको सुनुवाईलाइ ध्यान केन्द्रित नहोस भनेर त्यसो गरिएको हो । मन्दिर बनाउन कानुनी फुकुवा पाउनु नै हाम्रो लागी महत्वपूर्ण कुरा हो । त्यसैले नै हामीले यति धेरै कडा मेहेनत गरेका छौं र शक्ति लागीरहेका थियौं ।   अन्त्यमा, जब हाम्रो प्रस्ताब स्वीकृत भयो तब हामीले यो सात दिनको कार्यक्रम तय गर्यौं । त्यसपछि जसै महिनाहरु बित्दै गए, हप्ताहरु बित्दै गए अनि अन्तिम हप्ता बाँकी रह्यो र हामी पूर्ण डिटेल सहित अगाडी आयौं । कसले टेन्ट, कसले कलस अर्डर गर्ने र कसले के गर्ने भनेर खाका बनायौं ।   जब गुरु आउनु भयो तब हामीहरुले केहि नसोचेका कामहरु छिटो छिटो सम्पन्न गर्नु पर्यो । हाम्रा योजनाहरु पनि तत्काल परिबर्तन गर्नु परेको थियो । जस्तै: बाध्यबादक र बाजाहरु खोज्नु । हामीले पहिले सोचेका थियौं की मध्यान्तर र साँझमा भजन समूहको भजन गर्ने भनेर तर हाम्रो बुझाई गुरुको स्टाईलसंग मिलेन । गुरुलाई तत्काल नै गाउन र बजाउन सक्ने नेपाली सांगीतिक समुह चाहिदो रहेछ । कसैगरी, हामी सबैले सबैतिर खोज्यौं र ल्याएरै छाड्यौँ । साउण्ड सिष्टम र अन्य कुराहरुमा पनि ठ्याक्कै त्यस्तै भयो । यो कडा र अब्यबस्थित काम हो तर हामीले गरेरै छाड्यौँ ।   शुरु हुनभन्दा दुईदिन अगाडी, टेन्ट आयो, हामी सबैले मंच सजाउदै थियौं , कलशहरु सजाउदै थियौं र बाँकी कामहरु गर्दै थियौं । त्यसपछि त्यो दिन आयो, सबै कुरा योजना अनुसार सहज रुपमा अगाडी गयो । बिना झन्झट पार्किङ्ग ब्यबस्थानका स्वयंसेवकले गरेको काम सबैभन्दा ठुलो उपलब्धि हो । उनीहरुले सात दिनसम्म पुरै त्यहाँ खटेर काम गरे । टेन्ट भित्र छिर्न पनि पाएनन आफ्नै डोनेशन दिनभन्दा बाहेक ।   कलश यात्रा, पहिलो दिन सबै महिलाहरुले उत्साहपूर्वक त्यो घाममा धैर्यताका साथ् बसेर सहयोग गर्नु भयो । मन्दिरको स्वागत द्वारबाट महिलाहरु खुशी, हाँसो र गौरवका साथ प्रवेश गर्नु भएको थियो । कलश यात्रा साच्चै भब्य रुपमा सफल भएको थियो । यो त्यसै भएको होइन, हाम्रो कडा मेहेनतको परिणाम हो । बिहानले दिनको संकेत गर्छ भने झैँ , कलश यात्राबाट शुरु भएको हाम्रो कार्यक्रम सबै सोचेजस्तै राम्रोसंग अगाडी बढेको थियो । केटरिंग गर्नेहरुले पनि धेरै राम्रो काम गर्नु भएको थियो । पूजा स्वयंसेवकहरुले गुरुलाई दुबोको माला बनाउनेदेखि पूजा सामग्री तयार बनाउनेसम्मका सबै कामहरु ब्यबस्थित गर्नुभएको थियो । जब मानिसहरु चन्दा दिन आए तब फ़ाईनान्सियल टिमका साथीहरुले बडो मेहेनतका साथ काम गर्नु भएको थियो । चन्दादाता भक्तहरुप्रति उहाँहरुले देखाएको मिजास सार्है राम्रो थियो । तपाईहरुले यो पुरै हप्ता उसैगरी खटिनु भयो शुक्रबारसाँझसम्म । त्यो बिशाल भिड हुदासम्म ।   अन्त्यमा, तपईहरुले यत्ति मात्र गर्नु भए त्यसमाथि डोनेशन पनि गर्नु भयो । तपाइहरुले आफु स्टिलले बनेको सुनको मुटु भएको मानिसका रुपमा प्रमाणित गर्नु भयो ।   हामीले साढे बाह्र लाख अमेरिकी डलर संकलन गर्न सफल भयौं । यो रकम हाम्रो मन्दिरको लागि आवश्यक बिबिध खर्चको लागी प्रशस्त रकम हो ।   मेरा प्रिय स्वयंसेवक मित्रहरु, तपाईको कडा मेहेनतले सबै कुराहरु सार्है राम्रो र सुन्दर तरिकाले भएको छ । तपाईहरुले स्वयंसेवकको राम्रो उदाहरण पेश गर्नु भएको छ । तपाईहरुले मलाई र सबैलाई मन छुने काम गर्नु भएको छ । यसको ठुलो महत्व छ ।   मलाई, म लगायत हामी सबैप्रति गर्व छ । मलाई ढाडको समस्या थियो र लौरोको सहायताले मुश्किलले हिड्न सकेको थिएँ । म धेरै समय कुर्शीमा मुस्कुराउदै बसिरहनु परेको थियो । तपाईहरुले मलाई सहयोग गरौँ भनेर पनि सोध्नु भएको थियो । तपाईहरुको दयालु मनले गर्दा मेरो झन्डै आँशु खसेको थियो । तपाईहरु सेवाभाव भएको प्रतिबद्ध मेहेनेती र उद्देश्य प्राप्त गरेरै छाड्ने समुह हो जो हाम्रो मन्दिर बनाउन कस्सिनु भएको छ । म विश्वस्त छु की छिट्टै नै हाम्रो आफ्नै मन्दिर बन्ने छ । म यहाँ सबैको एकएक नाम लेख्न चाहन्छु तर कसैको छुटछ की भनेर डर लाग्छ त्यसैले सबैलाई एकै साथ् लेखिरहेको छु । धन्यवाद, धन्यवाद र फेरी पनि धन्यवाद छ तपाई सबै स्वयं सेवकहरुलाई, जसले यो कार्य सफलतापुर्वक सम्पन्न गर्नु भयो । यो सत्कर्मलाई हरेक बाल्टिमोरबासीले नेपाली अमेरिकनको सत्यकथा भनेर सदा सदा मनमा राखिरहने छन्, कहिल्यै बिर्सने छैनन् । धन्यवाद ।

images
प्रकाशित मिति :श्रावण २८, २०७५ सोमवार - ०८:५६:५३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend