२८, श्रावण २०७५
अर्जुन राज पन्त
वर्तमान थिएनकि, भविस्य देखेनकि, बौद्धिक बन्धक बन्न चाहेनकि, वा ज्यान नै जोगाउन पो हो कि, एक हरि नामक नेपाली विदेश आयो । जन्म उतैको, कर्म उतैको धर्म उतैको, भाषा उतैको, नागरिकता उतैको, चिन्ता उतैको, माया उतैको, सपना उतैको तर केहि समयमै भू.पु. नेपाली भन्ने पदवी पायो।
पेट पाल्नै परो काम खोज्यो बल्ल बल्ल काम पायो, सबै जना उसको नाम सोध्थे 'हरि' भन्थो कसैले 'वरी' सुन्थे सारै चिन्तित देखिएको रछु र त येसो भनेनन् ह ! भनेर खिस्स हास्थो, कसैले 'सरि' सुन्थे, नाम सोध्दा पनि सरि भन्ने बहिरो र छ भन्दै हातले सार गरेर हिड्थे, कसैले 'परि' सुन्थे, यसो आफुलाई ऐनामा हेर्थो मुख भरि यतिबिधि दार्ही जुँगा भएको आफ्नो मकै जुंगे आनुहार कतै बाट पनि हिजडा जस्तो पाउदैनथ्यो, अनि यो खैरेलाई के थाहा परि भन्ने भनेर ढुक्क हुन खोज्थ्यो, सके जति शास खिचो स्वर थिच्यो, मुख बटारो, जिब्रो फटारो हरि भन्ने प्रयास गर्यो तर कसैले उसको नाम सहि सुनेनन् उसलाई दिनभरिको काम भन्दा पनि आफ्नो नाम भन्न गार्हो भो कोहि मान्छे देख्दा पनि कता नाम शोध्ने हो कि भनेर डर लाग्न थाल्यो र अन्त्यमा एक जना साथीको सल्लाहमा नाम नै परिबर्तन गर्यो हरि बाट 'ह्यारी' बन्यो ।
हुनत यही नामबाट पनि उ उपहासको पात्र बन्न नपरेको त कहाँ हो र उसका स साना भुरा भुरिहरुले मुख भरि यति धेरै रौ भयकोले हाम्रा बाबाको नाम हेअरि बाट ह्यारी भएको हो र ममी भन्थे, उसले के के सम्झिन्थी मुसुक्क हास्थी उ अमुक हुन्थो । जे होस् कनी कनी नाम भन्नु पर्ने समस्या अन्त्य भो ।
विधिको बिडम्बना एक दिन उसको असामहिक निधन भो, साथीभाई आफन्त सबै जम्मा भए रुने रोए, श्रद्धाञ्जली दिनेले दिए कसैले सामाजिक संजाल मै भएपनि भावपूर्ण समबेदना दिए, कसैले कपि पेस्ट कै भय पनि 'रिप' लेखे, सहयोग उठाइयो सप्ताहन्त परेर इशाईहरुको एक शबदाहन केन्द्रमा आन्तिम सस्कार गरियो । एक जना भू पु नेपाली पण्डित खोजेर काज क्रिया सम्पन्न भो फोनमा सारै ब्यस्त ति पण्डितले आफुले जानेजती बिधि र सामग्रीले दान पुण्य काज क्रिया सबै गराय र आत्मालाई प्रेतबाट मुक्ति दिलाएर पितृको रुपमा यमलोक पठाए ।
ह्यारीको आत्मा यमलोक पुग्यो, संसार भरिका आत्माहरुलाई जम्मा पारेर एक अध्यारो आत्मा कोठरिमा रखिदो र छ पालै पालो नाम र गोत्र बोलाएर धर्म शभामा पेश हुन्थे, आ आफ्नो कर्म आनुसार स्वर्ग वा नर्कको बाटो लाग्थे ह्यारीको पटक पटक नाम बोलाईयो पेश भयो तर उसको फायल नै फेला परेन नाम मिले गोत्र मिल्दैन, गोत्र मिले मन्त्र मिल्दैन, नाम त उ आफैले फेरेको थियो तर आर्को कुरा के सम्म भयको रहेछ भने फोन मा बोल्दै क्रिया गराउदा ति पण्डितको मुखबाट एक बाक्य अंग्रेजीमा पनि मन्त्र परेको रहेछ । नाम गोत्र र मन्त्रको लफडामा परेको ह्यारीलाई पेश गर्दा गर्दा यमदुतहरु पनि दिक्क भैसकेका थिय । पछि पछि त उसको पालो आउदा समेत पेश गर्न छोडे ,बिचरा ह्यारीको आत्मा आलपत्र पर्यो ,एक दिन त यमदुतहरुले के सम्म सल्लाह गरेभने यस्तो झन्झट बेहोर्नु भन्दा यो आत्मालाई मर्त्यलोक फिर्ता गरिदिउ बरु । कसैले काज क्रिया भयर आयको यस्तो आत्मा यसरि फिर्ता गर्न मिल्दैन भने तर अन्त्यमा उनीहरु बीच सहमति । भयो जे पर्लापर्ला उतै फर्काउने भन्ने, सोहि बमोजिम जन्म भुमि पठाऊन खोजे, जन्मेको देशले लिन मानेन यो भू पु हो लिनौ भनो, मरेको देशले हाम्रो नागरिक होइन लिन्न भन्यो यमदुतहरु अलमल्ल परे बिस्व भरिका कानुन हेरे आफ्नै देशमा जन्मेको मान्छे केहि वर्ष बिदेशमा बस्दैमा कसरि भू पु नेपाली भयो कस्तो अचम्म कहिँ नभयको सब्द र ब्यबार भन्दै दङ्ग भय विचरा ह्यारीको आत्मा अनिर्णयको बन्दि भएर त्यहि बस्नुपर्यो।
यमपंचक शुरु भो पाँच दिन सम्मका लागि यमलोक बन्द भो सबै कर्मचारीहरु बिदामा गए, बिचरा उसको आत्मा मात्र थुनिएको थियो धर्तीबाट आएका आत्मा हरु शिधै स्वर्ग गैरहेका थिय, जन्मेको दिनलाई त आजिबन धिक्कारेको उसले मरेको दिनलाई पनि धिक्कार्न थाल्यो बरु यो बेला मर्न पाएको भय पनि हुनेंनी कमसेकम शिधै स्वर्ग जान त पईन्थ्यो, बिदा सकियो आत्माहरु आउने क्रम शुरु भो बर्षभरि मृतात्मा संग बिताएका कर्मचारीहरुले पाँच दिन भय पनि अप्सराहरु संग बिताएर काममा फर्किदा सबै दङ्ग र फुरुङ्ग थिय सबैका आनुहारमा आलस्यता र रोमान्चकता प्रस्टै देखिन्थ्यो, दुखि थियो त बिचरा ह्यारी मात्र थियो।
हे प्रभु आजिबन मैले कसैको कुभलो गरिन, मारकाट गरिन, आफ्नो गास काटेर भएपनि बिपतमा सबैलाई सघाय, आज मरे पछि पनि म किन येस्तो अनिर्णयको बन्दि हुनु पर्यो। जन्मेको देशमा बौद्दिक बन्धक भएर ति औतारी नेताहरुको भजन गाउन नसकेर केहि समयको लागि विदेश हिड्दा यमलोक मा समेत बन्धक हुनु पर्यो हरे कस्तो मेरो कर्म एउटा बन्धकता बाट मुक्ति खोज्दा आज यमलोकमा समेत येस्तो बन्धकतामा फस्नु पर्यो भन्दै आफ्नो भाग्यलाई धिक्कार्दै यता उता भौतारीइरहेको ह्यारीको आगाडी सशरीर मानब आकृति देखियो, यसो हेर्यो ढोका कुर्न बसेको द्वारपाले पनि होईन, हातमा हेर्यो कोर्रा पनि छैन यो मानब शरीर कहाँबाट कसरि आयो सायद पोल्दा पोल्दै दाउरा पुगेनकि, बत्ति ग़योकी, पोल्ने खर्च नभएको बेखर्ची पो हो कि वा सर्प दंशबाट मरेर पुनर्जिबनको आशमा गंगामा बगेर पो आयो कि ! दिनमा रात र रातमा दांत मात्र देखिने तो आध्यारो कोठरीमा केहि पनि प्रस्ट देखिन्नथ्यो, ह्यारी उक्त मानब शरीरको नजिकै गयो को हो त यो भन्दै नियाल्दा बल्ल चिन्यो उनि त उसको भू पु देशका एक जना निष्ठावान भानियका मन्त्रि रहेछन, जिउदै स्वर्ग जान आएका, ह्यारीलाई एउटा कुरा झल्यासस याद आयो हो यी तिनै मन्त्रि हुन् जसले हामीजस्तालाई जिउदै नारायणी गंगामा बगाउनु पर्छ भन्थे, उसलाई आफु भू पु देशमा छदा सुनेको भागवत कथाको नारायणी गंगामा हड्डी पर्यो भने शिधै स्वर्गमा पुगिन्छ भन्ने कुरा याद आयो र मन्त्रि संग बिलाप गर्न थाल्यो । हजुर त जिउदै स्वर्ग जान यसरी आउनु भएको र छ म हजुरकै देशको भू पु नेपाली हुँ केहि वर्ष देखि नाम, गोत्र र मन्त्रको लफडामा फसेर यसरी बसेको छु सुनेको थीय गंगामा हड्डी पर्यो भने स्वर्ग जान पाईन्छरे, म जस्तो आभागीलई हजुरको हातबाट जिउदै गंगामा बगेर स्वर्ग जाने मौका त मिलेन मिलेन मरे पछि पनि यस्तो अनिर्णयको बन्दि भयर बस्नु परेको छ, बरु मलाई मेरो धर्म र कर्मको फल केहि पनि चाहिएन यमराजलाई बिन्ति गरेर म जन्मेको मुलुकमा फिर्ता गरेर आत्मा मात्र भयपनी गंगामा बग्न पाउ, हड्डी बगेर स्वर्गमा जान नपाय पनि आत्माको रुपमा बग्दा स्वर्ग नजिकैको कुनै फाल्लियको कुन काप्चिमा त पुगुलानी, भनिदिनुहोस यमराजलाई भू.पु नेपाली भयपनी यसको जन्म र नागरिकता नेपालकै हो ।
शब्दकोश र कानुन मै नभेटिने यो शब्द यहा कसैले बुझेनन्, शोधे खोजे येस्तो शब्द र व्यवहार त कुनै पनि मुलुकमा हुन्नरे, यतिका बिन्ति गर्दा पनि ति बक बक बोलिरहने मन्त्रि नबोलेको देखेर विचरा ह्यारी दङ्ग पर्छ र द्वारपाले लाई प्रस्न गर्छ द्वारपालेले भन्छ यो कुरा हामीलाई होइन यमदुतलाई शोध्नु पर्छ ,मलाई यत्ति थाहा छ यो मनुवाको मुखमा ठेडी ठोकियको छ र यो यमलोकको कानुन उसले मान्नै पर्छ ।
यत्तिकैमा धर्मशाभामा घन्टी बज्छ यमराज चित्रगुप्ता लगायत सबै उपस्थित भै सकेका हुन्छन, आत्माहरु लाई पेश गर्दै स्वर्ग वा नर्क पठाउने काम शुरु हुन्छ, मन्त्रीको पालो आउछ आत्माहरु संग मात्र व्यवहार गरिरहेका ति कर्मचारीहरुलाई पनि जिउदो मानिस पेश गर्न गार्हो पर्छ मुखमा ठेडी ठोकियकै हालतमा जन्जिर लगाएर मंत्रीलाई पेश गर्छन, आत्माहरुको इजलासमा जिउदो मानिस देख्दा हेर्ने हरुको भिड लाग्छ मन्त्रीलाई पेश गर्दै यमदुतले आफ्नो बयान शुरु गर्छन, यी नेपाल देशका निष्ठावान र इमान्दार भनियाका मन्त्रि हुँन मर्त्यलोकमा यिनको भोग सकिएपछि म यिनलाई लिन गए साईकलमा मात्र हिड्ने भनिएका यी मन्त्रीलाई खोज्न म कहाँ कहाँ पुगिन सबै साईकल पसल गल्लि गल्लि खोजे कतै भेटिन । अन्त्यमा दिब्य दृस्टी लगाएर हेर्दा उनि पजेरोमा भेटिय श्रीमती संग, मैले आफ्नो परिचय खुलाय र भने हे मनुवा अब तिम्रो यो लोकमा भोग सकियो ल मसंग हिड भन्दै उनको आत्मा खिच्न खोज्दा उनले म एक निष्ठावान मन्त्रि हु म जान्न तैले भनेर हुन्छ भने ।
कुरो सुन्दा कता कता राम्रै हुनकी भन्ने हल्ला पनि गरे, मैले विनम्रता पुर्बक भने तिमि को हौ के हौ मेरो सरोकारको कुरा होइन मैले जसरी भयपनी लानु पर्छ तिम्रो निशाफ उही हुन्छ ल हिड, बरु जिन्दगीमा पाप गरेकै छैन भन्ने लाग्छ भने हिड म जिउदै लग्दिन्छु भन्दै विनम्रता पुर्बक आनुरोध गर्दा समेत मानेनन् । कसैको मौनता र सहनशीलताको फाईदा उठायर दुर्बाच्य बोल्न बानि परिसकेका यी मन्त्रीले मलाई समेत दुर्बाच्य बोले त्यहि भयर यो हालतमा लियर आय यिनी माथि छानबिन होस् । चित्रगुप्ताले मुख खोले, हल्ला त मैले पनि सुनेकै हो इतिहासमा यिनले एक पटक राम्रो काम त गरेकौ हुँन तर यिनले आफु जस्ता नियम बनाउनु पर्ने र कार्यान्बयन बनाउनु पर्ने मान्छेको दोष त्यसमा केहि देखेनन, न त तिनीहरुलाई कारबाही नै गरे, त्यस्तै कपुतहरुको मिलेमतोमा केहि सिमित फटाहाहरुले फाईदा उठाय भन्दैमा शिङ्गो समुदाय प्रति बिष बमन गरे दुर्बाच्य बोले, कानुन र शब्दकोशमै नभयको भूपु नेपाली भन्ने बिल्ला पनि भिराय, कुसाशन र भ्रस्टाचारले डुबेको तो मुलुकमा यो भन्दा ठुलो अरु कुनै मुद्धै छैन भने झैँ गरेर बर्षौ सम्म बाज्दै हिडे, फिनी रोटि खुस्केको कहिल्यै देखेनन् खाली गहुका गेडा मात्र गनेर बसे, न त त्यसता फटाहाहरुबाट क्षतिपूर्ति आशुले, शिङ्गो समुदाय प्रति दुर्बाच्य बोल्दै कहिले जिउदै बगाउनु पर्छ भन्दै हिडे, उनीहरुको पैत्रिक सम्पति माथि समेत धावा बोले ,उनीहरुले छोडेर गयको जागिरमा भएको आर्को परिबारको भरणपोषण देखेनन ,न त उनीहरुले गास काटेर गेरको दैबी प्रकोपको दान देखे नत अर्थतन्त्रको योगदान देखे ,रुखको एक हाँगामा ऐजेरु लाग्दा हाँगा मात्र काटेर फालेर रुख जोगाउनु पर्नेमा ,तेती मिठो फल दिने रुख जोगाउन छाडेर पुरै रुख ढाल्न खोजे, नत उनले आफुले खाने तलब भत्ता कहाबाट आउछ भनेर देखे । यसरि यमराज सामु मन्त्रीको बनि व्यहोरा सुनाउदै चित्रगुप्ताले उनको फायल खोज्न यमराज संग आनुमति मागे । फायल खोल्दा पहिले पृष्ठको 'नमक बचन' शिर्षक मै समस्या देखियो उनले जसको नुन खायका रहेछन उनै प्रति दुर्बाच्य बोलेको देखियो तैपनि अर्थ, कर्म र संस्कार शिर्सकमा के छ म हेर्छु भन्दै यमराजलाई भने, तो मुलुकमा त यत्तिकै मन्त्रिपनि कोहि छैनन् रे भन्ने हल्ला सुन्छु कि हप्की दप्की गरेर उत्तै फिर्ता गर्दिने र चित्रगुप्तको कुरा सुनेर यमराज सोच मग्न हुन्छन, एक छिन् धर्म सहभामा सन्नाटा छाउछ । दूतहरु एक आपसमा मुखा मुख गर्छन, कसैले संका गर्छन भर्खर छुट्टीबाट आएका बूढा कतै उनै अप्सराहरु संग बितायाका रंगिन क्षणहरु भुल्न नसकेर टोलायाका त होइनन !
यही खाली समयमा नाम गोत्र र मन्त्रको लफडामा परेको ह्यारीको फायल खोज्ने काम हुन्छ, त्यहि भिडमा एक प्रशान्त क्षेत्र हेर्ने अंग्रेजी र नेपाली बोल्न जान्ने दोभासे यमदुत पनि फेला पर्छ उसैको सहयोगमा फायल पत्ता लाग्छ, फायल हेर्दा आजिबन निष्ठावान त्यो भू पु नेपालीले जन्मेको मुलुकमा महाभूकम्प जाँदा गास काटेर गरेको सहयोग स्वर्ण अक्षरमा फेला पर्छ । इतिहासको काल खण्डमा उसको जन्मभूमि नराम्रो गृह युद्धमा फस्दा ज्यानकै बाजी राखेर काम गरेर पनि नियम कानुनले पाउने शुबिधा समेत नखाएको देखिन्छ, चित्रगुप्ताले प्रश्न गर्छन तिमि भू पु नेपाली त भयछौ भू पु राष्ट्र सेबक भयौ कि नाई ! ह्यारी अमुक हुन्छ यत्तिकैमा यमराजले आफ्ना आखा खोल्छन ह्यारीको फायल पेश हुन्छ ।
यमराजको आदेश हुन्छ, यो नाम गोत्र र मन्त्रको लफडामा परेको भू पू नेपालीलाई गुरु शिखरनाथलाई शोधेर नाम सच्चाएर स्वर्ग पठाउ र यो मन्त्रीलाई जस्तो छ त्येही हालतमा भारत बर्षको 'राँची' नामक शहर पठाउ, शुध्रेर आएपछि पुन: पेश गर्नु । यत्तिकैमा नजिकैको आत्मा कोठरीबाट आवाज आउछ, यी मन्त्रीलाई त मेरै भू पु देशमा नियम कानुन बनाउन पठाउनु पर्छ । यमराजको हाँसो छुट्छ यो कुन आत्मा हो आफ्नो भूगोल काननु सबै बिर्सेर यमलोकमा समेत बिबेक बन्धकता देखाउने ,तैले मलाई सिकाउनु पर्छ यस्ता औतारिहरुको झुण्डले त तेहा सरकार बन्छ, नियम कानून बनाउन त एक टिठ लाग्दो मनुवा बिचरा बारम्बार अनासशन बस्नु पर्छ ।
धर्म शभा सकिन्छ सबै उठेर आ-आफ्नो बाटो लग्न थाल्छन, खोई कसले कसरी आफ्नो नाम सच्याउने हुन 'हरि' हुने हो कि 'ह्यारी' हुनेहो भन्दै यता उता हेर्छ, आन्योल मै जन्मेको अन्योलमै हुर्केको बिचरो भू पु नेपाली यमलोकमा पनि आन्योल नै पर्छ । चौरासी लाख जुनी सम्म पनि अब नाम नफेर्ने प्रण गर्छ ।
प्रकाशित मिति :श्रावण २८, २०७५ सोमवार -
०९:३०:२० बजे